व्यक्तिको पहलमा बुढाथुममा तीन सय परिवारलाई राहत
772 पटक पढिएको
बुढाथुम– भुकम्पले बस्तिनै सखाप पारेपनि विकटमा रहेका कारण कुनै पनि निकायको नजरमा पर्न नसकेको धादिङको बुढाथुम गाविसका स्थानीयको पहलमा राजधानीमा राहत संकलन गरी गाउंमा बितरण गरिएको छ ।
काठमाण्डौंको ठमेलमा हाइएर लिमिट ट्रेक्स एण्ड एक्सपिडिसन प्रालि मार्फत पर्यटन व्यवसाय गर्दै आईरहनु भएका बुढाथुम गाविस वडा नम्बर ८ हटियाका गोपाल श्रेष्ठले साथीहरुको सहयोगमा गाउंका भुकम्प पिडितका लागि अभियान संचालन गरी सहयोग जुटाउनु भएको हो । श्रेष्ठको अभियानलाई साथ दिंदै हाल अष्ट्रेलिया रहनु भएका रामकुमार श्रेष्ठले क्यानबेरा नेप्लिज कम्युनिटी अष्ट्रेलिया मार्फत ९४ थान त्रिपाल, २ सय किलो चिउरा, २ सय ४० थान म्याट्रेस,३६ प्याकेट चाउचाउ, २ रोल प्लाष्टिक त्रिपालको लागि सहयोग जुटाउनु भएको थियो ।
राजधानी र विदेशमा समेत गाउंवासीको पिडालाई क मगर्न अभियान संचालन गरेर सहयोग जुटाएपछि बुढाथुम गाविसको वडा नम्बर ८ र ९ का ३ सय परिवारलाई प्रदान गरिएको श्रेष्ठले जानकारी दिनु भयो । जिल्लाको अति बिकटमा रहेपनि सडक सञ्जालले छोएका कारण बुढाथुम गाविसमा हिउंदका वेला मोटर चलेपनि भुकम्पले सल्यानटार बुढाथुम सडक खण्ड ठाउं ठाउंमा पहिरो खसेर अवरुद्ध बनेकाले निजी खर्चमा सडक मर्मत गर्दै गाउँ सम्म राहत सामाग्री पु¥याईएको श्रेष्ठले वताउनु भयो । भुकम्पले तहस नहस पारेको गाउँमा सरकारी तथा गैर सरकाी निकायले समयमै राहत पु¥याउन चासो नदेखाएपछि आंफुले साथीभाईसंग समन्वय गरेर रकम जुटाई निजी खर्चमा गाउं सम्म राहत लगेपनि सबै पिडितका लागि पर्याप्त नभएकाले अभियान जारी रहेको र सहयोगी मन फेला परेमा थप गाउंवस्तिमा पनि राहत बितरण गरिने गोपलले धादिङ न्यूजलाई वताउनु भयो ।
श्रेष्ठको पहलमा भएको राहत संकलन र बितरणका केही तस्बिर (फोटो फिचर )