बैरेनी गाविसको विकटका भुकम्प पिडितको लागि राहत

1415 पटक पढिएको

१२ जेष्ठ २०७२, मंगलवार ०६:४६ सम्पादक: धादिङ न्यूज

IMG_4408 (1)बैरेनी-महाभुकम्पमा परेर घरवास विहिन भएकाहरुको सहयोगका लािग विभिन्न संस्था तथा निजी कम्पनीहरुले सहयोग सामाग्री बितरण गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गरिरहेका छन ।
बैशाख १२ गतको महाभुकम्पमा परि पिडित भएकाहरुको सहयोगका लागि तत्कालिन राहत उपलब्ध गराउने उदेश्यले बैरेनी गल्छीमा शाखा रहेको निर्धन उत्थान बैङ्गले आफ्नो प्रत्येक सदस्यहरुलाई रु १२०० का दरले सहयोग रकम वितरण गरेको छ । बैकलाई माया गर्ने सदस्यहरु आपतमा परेको वेला उनिहरुको सहयोगमा केही हातेमालो गर्ने उद्धेश्यले उक्त रकम राहत स्वरुप वितरण बैकका निमित्त शाखा प्रमुख मनोज कुमार अधिकारीले बताउनुभयो ।
यसै गरी निजी क्षेत्रको दुर संचार प्रदायक कम्पनी एनसेलका टावर निर्माण तथा संचालन सम्बन्धि काम गर्ने जामिल इन्फ््रmा प्रा लि ले बैरेनी गाविस वडा नम्बर ६को पाल्चोकमा रहेको ४५ घरपरिवारलाई एक एक वण्डल जस्तापाता र एक एक थान कम्मल वितरण गरेको छ ।
त्यIMG_4393 (1)सैगरी बैरेनीमा शाखा रहेको ग्लोबल आइएमई बैकले पनि बैरेनी गाविस वडा नम्बर ४ को १ सय ५१ घरपरिवारलाई त्रिपाल चामल तेल साबुन आदि घरायसी सामान वितरण गरेको उक्त बैङकका बैरेनी शाखा प्रमुख खेम रानाभाटले जानकारी दिनु भयो ।