कतै खुल्ला चौरमा कतै टेण्ट भित्र नाच्दै गाउंदै रमाउन थाले बिद्यार्थी

700 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC_0265धादिङ,- जिल्ला शिक्षा कार्यालय धादिङको परिपत्र अनुसार आईतबार देखि बिद्यालय खुलाउने निर्णयमा पुगेका धादिङका अधिकांश बिद्यालय संकटमा परेका छन । भएको भवन भत्किएको र नयाँ संरचना वनाउन नसकेकाले बिद्यालयहरु कसरि संचालन गर्ने भन्ने द्धिविधामा परेका हुन ।
बैशाख १२ को महाभुकम्प र त्यस पछिको निरन्तरको पराकम्पनले धादिङका ९० प्रतिशत बिद्यालय भवनहरु भत्किएको जिल्ला शिक्षा कार्यालय धादिङले जनाएको छ । बिद्यालयको भवनमा क्षती पुगेपछि पठनपाठन गराउने ठाउंको व्यवस्था गर्न जिल्ला शिक्षा कार्यालय, स्थानीय बिद्यालय व्यवस्था समितिले प्रयास जारी राखेको दावी गरेका छन ।
jan jaagriti ma bi  maधादिङको थांक्रे गाविस वडा नम्बर ३ मा रहेको जनजागृत्ति मावि आईतबार ३७ दिन पनि खुलेपनि बिद्यार्थीलाई राख्ने ठाउं नहुँदा बिद्यालय प्रशासनले एक साताका लागि पठन पाठन स्थगित भएको सूचना टांसेर बिद्यालय वन्द गरेको छ । बिद्यालयका शिक्षक रामचन्द्र रुपाखेतीका अनुसार एक हजार १५ जना बिद्यार्थी पढ्दै आईरहेको जनजागृत्ति माविको भवन महाभुकम्पले क्षती पु¥याईदिएपछि प्राविधिक टोलीले बिद्यालयलाई असुरक्षित स्टिकर लगाईदिएको छ । शिक्षा कार्यालयको निर्देशन अनुसार बिद्यालय खुलाउन अस्थायी टहरो निर्माण थालेकोमा चार दिन अघि आएको हुरि बतासले टहरो पनि भत्काईदिएकाले ३७ दिन पछि बिद्यालय आएका बिद्यार्थीलाई चर्को घाममा चौरमा राखिरहन उचित नदेखेर एक हप्ताको लागि विदा दिएको शिक्षक रुपाखेतीले वताउनु भयो ।
आईतबार जिल्लाका धेरै बिद्यालय खुलेपनि अधिकांशमा बस्ने ठाउं नहुंदा शिक्षक र बिद्यार्थीनै अलमलमा परेका छन । बैशाख १२ गते शनिवारका दिन आएको महाभुकम्पले धादिङ जिल्लाको ५ सय ८७ वटा बिद्यालयको मध्ये २ हजार २ सय २२ वटा कक्षा कोठा पूर्णरुपमा क्षती भएको छ । यसै गरी ९ सय ४ वटा कक्षा कोठा मर्मत गर्न सकिने भएपनि मर्मतका लागि खर्च निकै लाग्ने अवस्थामा रहेको कार्यालयले जनाएको छ ।
mahadev sthan maa biअधिकांश बिद्यालयको भवन नभएका कारण अस्थायी टहरो, टेण्टमा राखेर नियमित पठन पाठन भन्दा पनि शिक्षक र बिद्यार्थी बिच भेटघाट गराई भुकम्पको त्रास कम गराउने बिद्यार्थीलाई मनोविमर्श दिन बिद्यालय खुलाईएको धादिङका सहायक जिल्ला शिक्षा अधिकारी वद्रिवहादुर बस्नेतले वताउनु भयो । महाभुकम्पले अधिकांश बिद्यालय भवनमा क्षती पु¥याएको छ । क्ष्ति भएको भवन तत्काल निर्माण गर्ने सम्भावना नभएकाले अहिले जे उपलव्ध हुन्छ त्यसैमा बिद्यार्थीलाई बिद्यालय वोलाएर डर त्रास कम गराउंदै पढाईको लागि सहज वनाउन खोजिएको बस्नेत बताउनुहुन्छ ।
धादिङकै जिवनपुर गाविसको कुमाईखोलामा रहेको महादेवस्थान मावि भुकम्पमा परेर ध्वस्त भएपछि बिद्यालयले जिल्ला शिक्षा कार्यालय मार्फत पाएको टेण्टमा बिद्यार्थी राखेर मनोविमर्श दिन थालेको बिद्यालयका प्रधानाध्यापक राजकुमार कुंबरले जानकारी दिनु भयो ।
क्षति भएको भवनको ठाउंमा अर्को व्यवस्था मिलाउनका लागि जिल्ला दैवि प्रकोप उद्धार समिति,शिक्षा विभाग तथा शिक्षा क्षेत्रसंग सरोकार राख्ने निकायसंग समन्वय भईरहेको सहायक जिल्ला शिक्षा अधिकारी वस्नेतले वताउनु भयो । २९ गते को भुकम्प पछि आम जनमानस थप आतकिंत हुन पुगेकाले बिद्यालय पनि त्यसको मारमा पर्न गएको बस्नेतको बुझाई छ ।
DSC_0296सरकारी बिद्यालयमात्रै होइन निजी बिद्यालय पनि भुकम्पको कारण ध्वस्त भएपछि नयाँ भवन निर्माणको सम्भावनालाई पर सार्दै निजी बिद्यालयले वैकल्पिक व्यवस्था मिलाउन थालेका छन । सदरमुकाम धादिङबेसीमा रहेको एडभान्स एकेडेमीले आईतबार बिद्यालय आएका बिद्यार्थीलाई दिनभरै उनिहरुलाई मनोरञ्जन दिलाउने कार्यमा सहभागी गराउनुका साथै ,चित्रहरु व्नाउन लगाएर भुकम्पको त्रासलाई कम गराउने प्रयास गरेको थियो । शिक्षक र बिद्यार्थीहरु घुलमिल गराउंदै उनिहरुको मन भित्र रहेको डर कम गराउन अतिरिक्त कृयाकलापमा सहभागी गराउंदा बिद्यार्थीहरु निकै सकिय भएर सहभागी भएको बिद्यालयका प्रिन्सिपल गोविन्द बुढाथोकी बताउनुहुन्छ । पाँच दिन सम्म बिद्यार्थीलाई अतिरिक्त कृयाकलापमा सहभागी गराई छैटौं दिनबाट कक्षा कोठा प्रवेश गराउने उहांले बताउनु भयो ।
नुवाकोट जिल्लामा पनि आईतबार वटा बिद्यालयहरु खुलेका छन । महाभुकम्पले नुवाकोटको ५ सय ६१ वटा बिद्यालयको ४ हजार ५ सय ४८ वटा कक्षा कोठा कामै नलाग्ने गरी भत्किएको जिल्ला शिक्षा अधिकारी चन्द्रवहादुर खडकाले जानकारी दिनु भयो ।
भुकम्पको पराकम्पन अझै जारी रहेकाले बिद्यालयको भवन तथा कक्षा कोठा भत्किने क्रम चलिरहेकाले आईतबार देखि जिल्लाका सबै बिद्यालय संचालनको प्रयासु गरेपनि कक्षा कोठाको समस्या रहेकाले अहिलेका लागि बिद्यार्थीलाई मनोपरामर्श मात्रै दिईएको जिल्ला शिक्षा अधिकारी खडकाले वताउनु हुन्छ ।
भत्किएका भवन निर्माण तथा पुर्न निर्माणका लागि सरकारी तथा गैर सरकारी निकायहरुसंग समन्वय भईरहेको र अहिलेका लागि स्थानीय स्तरमा उपलव्ध हुन सक्ने श्रोत साधन प्रयोग गरी अस्थायी कक्षा कोठा निर्माणका लागि पहल भईरहेको पनि खडकाले वताउनु भयो । जिल्ला शिक्षा अधिकारी खडकाका अनुसार भुकम्पमा परेर अहिले सम्म जिल्लामा ९६ जना बिद्यार्थी र १० जना शिक्षकको मृत्यु भएको जानकारी आएको छ । मृत्यु हुने बिद्यार्थीको संख्या अझै बढ्न सक्ने कार्यालयले जनाएको छ । सबै बिद्यालयबाट विबरण आई नसकेकाले बिद्यालय खुल्ना साथ क्षतिको सम्पूर्ण बिबरण पठाईदिन बिद्यालयहरुलाई परिपत्र गरिएको जिल्ला शिक्षा अधिकारी खडकाले वताउनु भएको छ ।