अनेरास्ववियुका स्वंयसेवकबाट धादिङका १० विद्यालयमा अस्थायी टहरा निर्माण

500 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- महाभुकम्पमा क्षति भएका बिद्यालय भवनहरुको निर्माणका लागि स्वयमसेवी अभियान संचालन गरिरहेको नेकपा एमालेको बिद्यार्थी संगठन अनेरास्ववियुका स्वंयसेवक टोलीले धादिङ जिल्लाका १० विद्यालयमा अस्थायी टहरा निर्माण कार्य सम्पन्न गरेका छन् । बैशाख १२ गते गएको महाभूकम्प र त्यसपछिको पटक पटकको पराकम्पनले विद्यालयका भवनहरुमा क्षति पु¥याएपछि विद्यार्थीहरु विद्यालय निर्माणमा जुटेका हुन् ।
11329765_984534671579212_3824140799524788127_nअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु भूकम्पगएपछि निरन्तर रुपमा अस्थायी टहरा निर्माण गर्न जुटेका छन् । बैशाख २५ गतेदेखि धादिङको वाराही प्राथमिक विद्यालयको अस्थायी टहरा निर्माणमा जुटेका स्वंयसेवकहरुले थाक्रे गाविसमा नै रहेको उडुवादेवी प्रावि, सल्यानटार गाविसमा रहेको सल्यानटार उमावि, ग्लोबल युनाइटेड स्कुल, भीमोदय उमावि, चुनीदेवी मावि, नीलकण्ठ नगरपालिका भित्र रहेका गायत्रीदेवी प्रावि, किवो बोर्डिङ स्कुल, पाल्पा सामरी भन्ज्याङ प्रावि, देउराली माविमा अस्थायी टहरा निर्माण गरिसकेका छन् । त्यसैगरी सल्यानटारमा रहेका प्राथमिक स्वास्थ्य चौकीको पनि पुर्ननिर्माण गरेका छन् । भूकम्पबाट भत्किएका घरहरुको पनि अस्थायी टहरा निर्माण गरिदिएका छन् ।
१ महिने अभियान बोकेर निर्माणमा जुटेका ती स्वंयसेवकहरुले विद्यालयमा नै भएका पूराना सामानहरुलाई पूर्नप्रयोगमा ल्याई विद्यालयको पूर्ननिर्माण गरेका छन् ।धादिङको तीन वटै निर्वाचन क्षेत्रहरुमा छुट्टाछुट्टै स्वंयसेवक परिचालन गरिएको छ । क्षेत्र नं १ को सल्यानटारमा, क्षेत्र नं २ को नीलकण्ठ नगरपालिका र बेनिघाटका विद्यालय तथा क्षेत्र नं ३ को थाक्रेमा रहेका विभिन्न विद्यालयहरुमा अस्थायी टहरा निर्माणमा जुटिरहेका छन् । यी बाहेक भूकम्प पीडित स्थानीयहरुको घर निर्माणमा पनि सहयोगी बन्दै आएका छन् ।
10310982_801432469956036_6982867178499572120_nक्षेत्र नं १ अन्र्तगत अनेरास्ववियुका केन्द्रिय सदस्य विमला घिमिरको संयोजकत्वमा रुपन्देही र कपिलबस्तुका समूहहरु परिचालित भएका छन् । सल्यानटार गाविसमा रहेको बुढीगण्डकी अस्पतालको भत्किएको संरचन ानिर्माण, सरसफाई गरेका छन् । विशालबजारमा रहेको चुलीदेवी माविमा अस्थायी टहरा निर्माण गरिएको छ ।
क्षेत्र नं २ मा केन्द्रिय सचिव राधिका खतिवडाको संयोजकत्वमा धादिङको बेनिघाट गाविस वडा नं ८ मा रहेको चन्द्रोदय माविमा अस्थायी टहरा निर्माणमा जुटिरहेका छन् । अनेरास्ववियुका २५ जना र स्थानीय युवाहरु मिलि विद्यालयको पुर्ननिर्माणमा जुटेका छन् । त्यस्तै नीलकण्ठ नगरपालिका ८ मा रहेको पाल्पा सामरी भन्ज्याङ प्राविमा निर्माण थालिएको विद्यालयको अस्थायी टहरा सोमबार सकिएको छ । २१ जनाको समूहले बनाउन सुरु गरेको विद्यालय निर्माणका लागि स्थानीयहरुले पनि उत्साहित भएर सहयोग गरेका छन् । त्यस्तै क्षेत्र नं ३ मा थाक्रेमा रहेका भूकम्प पीडित स्थानीयहरुको घर टहरा निर्माण गरिएको छ साथै विद्यालयको सरसफाई कार्य पनि गरिएको छ । कोशी अञ्चलका अनेरास्ववियु स्वंयसेवक र स्थानीयहरुको उपस्थितिमा निर्माण कार्य भइरहेको छ ।

साथमा फोटो फिचर 

17662_848920578511357_7939396661425784202_n  1555318_847762591960489_9008211030972389048_n 1977114_984556024910410_2411694319924638940_n 11119428_848920748511340_4886575912087762126_n  11264445_847762515293830_7828370384423914227_n 11329765_984534671579212_3824140799524788127_n 11351160_848920538511361_4398245256205331787_n 11351202_848484958554919_4680467102539969249_n