टोलीको मनोबल बढाउन समाचारवाचिका नांगिए

785 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Football-Nude-Ladyउनीहरूले एकसाथ मिलेर स्पेनिस क्लब बार्सिलोनालाई यस सिजन सम्भव सबै उपाधि दिलाए । एक सय २२ गोलका लागि उनीहरूले गरेको साझेदारी स्पेनिस लिगकै सर्वाधिक ठूलो साझेदारी थियो । उनीहरूकै प्रदर्शनको आडमा बार्सिलोना दोस्रोपटक राष्ट्रिय लिग, राष्ट्रिय कप र महादेशीय कप जित्ने विश्वकै पहिलो टिम बन्यो तर अब उनीहरूको साझेदारी होइन, मैदानभित्र दुस्मनी मात्रै देख्न पाइनेछ । अब मेसीले नेइमारलाई पास दिने छैनन्, संयोगवश भिडन्त तय भए नेइमारकै टिमविरुद्ध गोल गर्नेछन् । सुआरेज सायद कुनै कुनामा बसेर दुई खेलाडीलाई नियालिरहेका हुनेछन् तर उनी मेसी र नेइमारले जितेको हेर्न चाहन्नन्, आफ्नो अनुपस्थितिमा पनि उरुग्वेले उपाधि रक्षा गर्ने हेर्न चाहन्छन् । बरु च्याम्पियन्स लिगको फाइनलमा मेसीको बार्सिलोनाविरुद्ध पटक–पटक धावा बोल्ने कार्लोस टेभेच मेसीसँगै मिलेर मैदानमा उत्रनेछन् । विश्वकै सबैभन्दा पुरानो महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिका आजबाट चिलीमा सुरु हुँदा व्यावसायिक फुटबल छाडेर केही समय फेरि दक्षिण अमेरिकी स्टारहरूले देशका लागि खेल्नेछन् ।
गत वर्ष सम्पन्न विश्वकपपछि फेरि एकपटक फुटबल पारखीहरूले ठूला राष्ट्रबीचको भिडन्तलाई मज्जाले हेर्न पाउनेछन् । पछिल्लो समय विश्वकपमा दक्षिण अमेरिका राष्ट्रको प्रदर्शन उच्च कोटीको हुँदै आएको छ । ब्राजिल र अर्जेन्टिना मात्रैको दबदबा तोडेर अहिले उरुग्वे, चिली र कोलम्बियासमेत माथिल्लो दर्जाको फुटबल खेल्न थालेका छन् । त्यसैले विश्वकपभन्दा पुरानो इतिहास बोकेको यस प्रतियोगिता चिलीमा फर्कदा समर्थकहरूमा छुट्टै उत्साहको सञ्चार हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा यसपटक सान्टियागोस्थित नासिओनल रंगशालामा आयोजक चिली र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । आधुनिक फुटबलको सुरुआत हुनअघि नै १९१६ मा कोपा अमेरिका सुरु भएको थियो । अर्जेन्टिनामा आयोजना भएको पहिलो संस्करणमा चिली, ब्राजिल र उरुग्वे समेत गरी चार टोलीको सहभागिता थियो । फाइनलमा अर्जेन्टिनासँग बराबरी खेलेको उरुग्वे उपाधि जित्न सफल रह्यो । प्रतियोगितामा सर्वाधिक सफल टोली उरुग्वे नै हो । उरुग्वेले अहिलेसम्म १५ पटक प्रतियोगिताको उपाधि जितिसकेको छ । पछिल्लो संस्करणमा पनि पाराग्वेलाई हराएर उरुग्वेले नै उपाधि जितेको थियो । फुटबलका लागि दक्षिण अमेरिका हराभरा क्षेत्र मानिन्छ । त्यसैले पनि प्रतियोगितामा ब्राजिल, अर्जेन्टिना, उरुग्वे, कोलम्बिया र चिलीजस्ता टोलीको प्रतिस्पर्धात्मक खेल हेर्ने प्रतीक्षा धेरैलाई छ ।
प्रतियोगिताको उपाधि धेरैपटक उरुग्वेले जितेपछि प्रतियोगितालाई अहिलेको अवस्थासम्म ल्याउन अर्जेन्टिनाले फुटबल भूमिका खेलेको छ । अर्जेन्टिनाबाटै दक्षिण अमेरिकामा फुटबल खेल भित्रिएको थियो । ब्रिटिस रेल वेका मजदुरहरूले अर्जेन्टिनामा सन् १८६७ बाटै फुटबल खेल्न सुरु गरेका थिए । सन् १८८७ मा अर्जेन्टिनामा औपचारिक रूपमा फुटबल क्लब गठन भयो । त्यस्तै, १८९३ मा अर्जेन्टिना फुटबल संघको गठन भयो । फुटबल संघको गठनपछि अर्जेन्टिनामा फुटबलको लोकप्रियता बढ्दै गएको थियो । फुटबल खेलको लोकप्रियता अर्जेन्टिनामै मात्र सीमित रहेन छिमेकी ब्राजिल र उरुग्वेमा पनि यसको प्रभाव प्रत्यक्ष देखियो । त्यसैको प्रतिफल राष्ट्रिय टोली बनाएका देशहरूबीच फुटबल प्रतिस्पर्धा गराउन अर्जेन्टिना तयार भयो । अर्जेन्टिनामा आयोजना भएको प्रतियोगिताको तथ्यगत प्रमाण नभए पनि चिली र उरुग्वेले प्रतियोगितामा सहभागिता जनाएका थिए । यसरी विकास भएको फुटबलले विस्तारै विश्वव्यापी रूप लिँदै गयो । कतिपय राष्ट्रको त राष्ट्रिय खेल फुटबल नै बनेको छ ।
फुटबलको लोकप्रियता बढेसँगै स्वतन्त्रताको लागि भन्दै अर्जेन्टिनाले आधिकारिक प्रतियोगिता आयोजना गर्ने निर्णय गर्‍यो । ब्राजिलले पहिलोपटक सहभागिता जनाएको प्रतियोगितामा अर्जेन्टिना, चिली र उरुग्वेको पनि सहभागिता थियो । प्रतियोगिताले दक्षिण अमेरिकाका फुटबल संघहरूमा उत्साह सञ्चार गरेपछि सबै देशले मिलेर यसै प्रतियोगितालाई कोपा अमेरिका नामबाट निरन्तरता दिने निर्णय गरे । प्रतियोगिता कसले आयोजना गर्ने भन्ने विषयमा अर्जेन्टिना र उरुग्वेबीच हानाथाप भए पनि अन्ततः अर्जेन्टिनाले प्रतियोगिता आयोजना गर्ने अधिकार प्राप्त ग¥यो । सन् १९१६ बाट सुरु भएको प्रतियोगिता ४४औँ संस्करणसम्म आइपुग्दा यसको दायरा पनि फराकिलो बन्दै गएको छ । प्रतियोगिता सफलतापूर्वक सफल भएपछि उरुग्वे फुटबल संघका बोर्ड सदस्य हेक्टर रिभादाभियाले अर्जेन्टिना, ब्राजिल, चिली र उरुग्वेलाई मिलाएर संगठन स्थापना गर्ने प्रस्ताव पेस गरे । सोही वर्ष नै उक्त प्रस्ताव अर्जेन्टिनाको स्वतन्त्र दिवसको अवसर पारेर अर्जेन्टिना, ब्राजिल, चिली र उरुग्वेको फुटबल संघको छाता संगठन कनमेवोल स्थापित भयो । १९१७ मा पनि उरुग्वेले नै प्रतियोगिता जित्यो । संगठनले हरेक वर्षमा प्रतियोगिता आयोजना गर्ने भनिए पनि सन् १९१८ मा ब्राजिलको रियो दि जेनेरियोमा तय भएकोे प्रतियोगिता ब्राजिलले आयोजना गर्न सकेन । सन् १९१९ मा भएको प्रतियोगिताको आयोजना ब्राजिलले गरे पनि उरुग्वे पहिलोपल्ट च्याम्पियन बन्यो । प्रतियोगिताको आयोजना सँगै सन् १९२१ मा पाराग्वे पनि संगठनमा आबद्ध हुन आयो । प्रतियोगिता त्यसपछि लगातार सन् १९२७ सम्म हरेक वर्ष सम्पन्न हुन सक्यो । त्यसपछि संगठनले दुई वर्षमा एक चोटि प्रतियोगिता आयोजना गर्ने निर्णय गरे पनि १९२९ बाट हरेक चार वर्षमा प्रतियोगिता गराउने निर्णय भयो । यसरी सुरु भएको कोपा अमेरिका कपको ४४औँ सस्ंकरणसम्म आइपुग्दा कोपा अमेरिका कपले सात राष्ट्र (उरुग्वे, अर्जेन्टिना, ब्राजिल, पाराग्वे, पेरु, कोलम्बिया र बोलिभिया) मात्र च्याम्पियन पाएको छ । सर्वाधिक १५ पटकको विजेता उरुग्वेले प्रतियोगितामा सर्वाधिक ४० पटक सहभागिता जनाउने कीर्तिमानसमेत आफ्नो नाममा लेखाएको छ । अर्जेन्टिनाले १४ पटक प्रतियोगिताको उपाधि आफ्नो पोल्टामा पारेको छ । विश्वकप फुटबलको सर्वाधिक सफल टोली ब्राजिलले आठपटक मात्रै उपाधि जितेको छ । अर्जेन्टिना सर्वाधिक २६ पटक प्रतियोगिताको फाइनल खेल्ने टोली हो । १२ पटक अर्जेन्टिना फाइनलमा पराजित भएको छ । ब्राजिल पनि ११ पटक उपविजेतामा सीमित हुनपरेको छ । प्रतियोगिताको आयोजना अर्जेन्टिनाले सबैभन्दा धेरै नौपटक गरेको छ भने उरुग्वे र चिलीले समान सात–सातपटक गरेका छन् । पेरुले ६ पटक तथा ब्राजिलले चारपटक प्रतियोगिताको आयोजना गर्ने अधिकार पाएको थियो ।
प्रतियोगितैपिच्छे फुटबल खेलका नियमहरू पनि परिमार्जित गरिँदै लगियो । सन् २००१ बाट संघका १० टोलीलाई राउन्ड रोविन लिगबाट खेलाउने नयाँ नियम लागू भएको थियोे । जुन अहिलेसम्म पनि कायम नै छ । चिली विश्वकपसम्म आइपुग्दा थुप्रै कीर्तिमानहरू प्नि बने । सन् १९२६ मा चिलीमा भएको प्रतियोगितामा चिलीका डेभिड अरेलानोले सर्वाधिक सात गोल गर्दै कीर्तिमान बनाएका थिए । ब्राजिलका रोसापिन्टोले प्रतियोगिताभर नौ गोल गर्दै सर्वाधिक गोल गर्न कीर्तिमान आफ्नो नाममा लेखाए ।
यसबीचमा फुटबलको उर्वरभूमि मानिने दक्षिण अमेरिकाबाट थुप्रै स्टारहरूको उदय भयो । ब्राजिलबाट पेले, बेबेटो, रिभाल्डो, रोबर्टाे कार्लाेस, रोनाल्डो, रोनाल्डिन्हो, काका, डुंगालगायत अहिलेको चर्चित स्ट्राइकर नेयमारसम्म आइपुगेका छन् । यस्तै, अर्जेन्टिनाबाट लेजेन्ड डियागो म्यारोडोनादेखि अर्कै ग्रहबाट आएको मानिने लियोनल मेस्सीसम्मको उदय भएको छ । डिएगो फोर्लान, लुइस स्वारेज, राडामेल फल्काओ, हामेस रोड्रिग्वेज, अट्टुरो भिडेल, एलेक्सिस सान्चेजलगायत स्टार खेलाडीहरूको उदय पनि कोपा अमेरिकामार्फत नै भएको हो ।
पछिल्ला केही दशकयता व्यावसायिक बन्दै गएको विश्व फुटबलमा दक्षिण अमेरिकी राष्ट्रका खेलाडीको उपस्थिति बलियो रहने गरेको छ । यसबीचमा पछिल्लो समय निकै उत्कृष्ट फर्ममा रहेका उरुग्वेका लुइस स्वारेजले प्रतियोगिता गुमाउँदा दर्शकहरूले केही खल्लो अनुभव गर्नेछन् । ब्राजिल विश्वकपमा इटालीका डिफेन्डर जर्जियो चिलियानीलाई टोकेपछि नौ अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध खेपिरहेका स्वारेजले यो प्रतियोगिता पनि गुमाउने भएका हुन् । प्रतिबन्धकै समयमा इंग्लिस क्लब लिभरपुलबाट स्पेनिस क्लब बार्सिलोना आबद्ध भएका उनले बार्सिलोनामा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
हेर्न लायक खेलाडीहरू
चिलीमा हुने कोपा अमेरिका निकै उत्कृष्ट हुने अपेक्षा गरिएको छ । प्रतियोगितामा सहभागी सबै टोलीसँग विश्व स्तरमा नाम चलेका खेलाडीहरूको साथ छ । विश्वकपको सर्वाधिक सफल टोली ब्राजिलसँग नेयमारको साथ छ ।
यस सिजन क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका नेयमारको भरमा नै कोपा अमेरिका कप उचाल्ने ब्राजिलको अभियान छ । आफ्नै घरेलु भूमिमा गत वर्ष भएको विश्वकपको क्वाटरफाइनल दौरान घाइते भएपछि उनले टोलीलाई घरेलु भूमिमा च्याम्पियन बनाउन नसकेको पीडालाई नेइमारले चिलीमा देखाउन सक्छन् । ब्राजिली कप्तानसमेत रहेका नेइमारलाई नवौँपटक टोलीलाई च्याम्पियन बनाउन ठुलो अवसर र चुनौती रहनेछ ।
अर्जेन्टिनाका लियोनल मेसी, कार्लोस टेभेच, एन्जेल डि मारियाजस्ता खेलाडी तथा उरुग्वेका डिएगो फोर्लान, इडिन्सन काभानी र कोलम्बियाका राडामेल फाल्काओ र हामेस रोड्रिग्वेको उपस्थितिले प्रतियोगितालाई रंगीन बनाउने धेरैको अनुमान छ ।
यसबाहेक उरुग्वेका डिएगो रोलान, कोलम्बियाका इडविन कारडोना, इक्वेडरका जुआन काजारेलगायत युवा खेलाडी प्रतियोगितामा चम्कन सक्ने अनुमान विज्ञहरूले गरेका छन् ।
img-fotbal-ronaldoटोलीको मनोबल बढाउन समाचारवाचिका नांगिए
भेनेजुयलामा पछिल्लो समय नांगै समाचार पढ्नेको बजार बढ्दो छ । केही समयअघि कार्यक्रम प्रस्तोता युभी पाल्लारेसले क्रिस्ट्रियानो रोनाल्डोको प्रेम जीवन समेटिएको कथा प्रस्तुत गर्ने क्रममा आफ्नो नग्न शरीरलाई टेलिभिजनमार्फत दर्शकलाई दर्शन गराएकी थिइन् । उनको उक्त हर्कत सामाजिक सञ्जालमा भाइरल बनेको केही समयभित्रै फेरि भेनेजुयलाका महिला सञ्चारकर्मीहरू नांगिएका छन् । उनीहरूले कोपा अमेरिकामा चुनौती पेस गरिरहेको आफ्नो राष्ट्रिय टोलीको समर्थनमा नांगो शरीर प्रदर्शन गरेर बनाएको नयाँ प्रोमो अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छ । मैदानभित्र नांगै बसेर उनीहरूले भेनेजुयलाको टोलीको तारिफ गरेका छन् । दुई मिनेट १० सेकेन्डको प्रोमोको बीच बीचमा भेनेजुयलाले खेलेका अन्तर्राष्ट्रिय खेलका भिडियो हाइलाइट्ससमेत समेटिएको छ । यस भिडियोलाई युट्युबमा अहिलेसम्म झन्डै १५ लाखले हेरिसकेका छन् । समूह ‘सी’मा रहेको भेनेजुयलाले तीन दिनपछि कोलम्बियाको सामना गर्दै कोपा अमेरिकाको सुरुवात गर्नेछ ।

– सौर्य दैनिक /एजेन्सि