मगर भाषा प्रशिक्षण तालिम सम्पन्न
805 पटक पढिएको
धादिङ– जेठ ३१, धादिङबेसीमा सन्चालन भएको पाँच दिने मगर भषा प्रशिक्षण तालिम आईतबार सम्पन्न भएको छ । मगर भाषाको जर्गेना गर्ने उद्देश्यले तालिम सन्चालन गरिएको आयोजकले जनाउको छ । नेपाल मगर संघ निलकण्ठ इकाई समितीका अध्यक्ष भिम बहादुर दर्लामीको अध्यक्षतामा शनिवार एक कार्यक्रमका विच तालिम समापन गरिएको हो । नेपाल मगर संघ जिल्ला समतिको आयोजना र आदीवासी जनजाती राष्ट्रिय उत्थान प्रतिष्ठान जावलखेलको सहयोगमा संचालित तालिममा ३५ जना जना मगर समुदायको सहभागिता रहेको थियो । तालिम समापनका अवसरमा नेपाल मगर संघका केन्द्रिय सदस्य हरि बहादुर पाटा मगर, आदिवासी जनजाती महासंघका अध्यक्ष हरि शंकर गिदेल मगर लगायतको उपस्थिती रहेको थियो । तालिममा सहभागिहरुलाई एकु थापा मगर, प्रेम पुलामी मगर, झक्कु बहादुर थापा र शक्ति थापाले मगर भाषाको बारेमा प्रशिक्षण दिनुभएको थियो ।