सिङगो वडाका नागरिकले गरे सामुहिक पार्टी परित्याग,
689 पटक पढिएको
धादिङ–जेठ ३१, धादिङको तसर्पु गाउँ विकास समिति वडा नम्बर ७ का नागरिकले सामुहिक पार्टी परित्याग गरेका छन् । दलहरु जनता प्रति सकारात्म नभएको भन्दै उनीहरुले एक कार्यक्रमको आयोजना गरि स्वतन्त्र नागरिक बन्ने घोषणा गरेका हुन् । भुकम्प पिडित नागरिकहरुलाई दलहरुले वेबास्ता गरेको भन्दै जिल्लाको तर्सुपु गाउँ विकास समितका नागरिकहरुले सामुहिक पार्टी परित्याग गरेका छन् । बैशाख १२ गते गएको भुकम्प पश्चात राजनीति दलहरुले उद्धार र राहतमा आफुहरुलाई पक्षपता गरेको भन्दै तसर्पु गाउँ विकास समिति वडा नम्बर ७ का सबै नागरिकहरुले आज एक कार्यक्रमका बीच कुनै पनि पार्टीको विचारधारा नबोक्ने निर्णय गरेका हुन् । राती राती गाडीको नम्बर प्लेट मेटेर राहत ल्याएर बाड्ने गरेको समेत विनोद लामाले आरोप लगाउनु भयो । वडा नम्बर ७ का सबै नागरिकहरुले अब कुनै पनि पार्टीको सदस्यता नलिने सामुहिक प्रतिवद्धता समेत जनाएका छन् । नेपाली काँग्रेसका वडा सभापति ईश्वर बल लामा, नेकपा एमालेका वडा अध्यक्ष विनोद लामा र एकिकृत नेकपा माओवादीका वडा सेक्रेटरी शेर बहादुर तामाङ सहित १ सय ७१ जनाले सामुहिक पार्टी परित्याग गरि स्वतन्त्र नागरिक बनेका छन् । भेलाले विनोद लामाको अध्यक्षतामा १ सय ७१ सदस्यीय वडा संरक्षण विकास समितिको चयन गरेको छ ।