ठाउँ ठाउँमा पहिरोको उच्च जोखिम 

567 पटक पढिएको

सम्पादक: Dhading News

pahire pahiri neधादिङ-गत वैशाख १२ गते गएको विनासकारी भुकम्पका कारणले गोगनपानी सातमा रहेको पहिरे गाउँ पनि पहिरोको खतरामा छ ।

धादिङ जिल्लाको गोगनपानी ७ मा पहिरो आउने जोखिम बनेपछि नागरिकमा त्रास देखिएको छ । गत बैशाख १२ गते गोरर्खा जिल्लाको बार्रपार्कलाई केन्द्र विन्दु बनाएर गएको विनासकारी भुकम्प र त्यस पछिका ठुला साना पराकम्पनमा धादिङ जिल्लाको झार्लाङ लगाएका गाविमास पहिरोको जोखिम उच्च रहेको छ । बालुवाफाँट, पहिरे, मान्खु र थाक्रे –३ मा रहेको महादेववेसी बजारपनि प्रभावित भएपछि त्रास उत्पन्न भएको स्थानिय वासिन्दाले जनाएका छन् ।