प्राकृतिक विपति रोक्न शक्तिपीठ गुहार्दै लेखनाथ

1136 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

lekhaaanaathलोक गायक लेखनाथ आचार्यले देशमा गएको प्राकृतिक विपतिलाई समेटेर नयाँ गीत निकालेका छन् । साथै आगामी दिनमा यस्ता प्राकृतिक विपति रोक्न नुवाकोटको एतिहासिक शक्तिपीठ भैरबी माता र काभ्रेको शक्तिपीठ पाल्चोकी भगवती गुहार्दै छन । आफ्नै शब्द, लय र स्वरमा गयो भुईचालो एल्बम बजारमा ल्याएका छन् । यसमा लोक गायिका सिता थापाले साथ् दिएकी छन् ।
केटाः तिम्लाई चढाउने बोको छ कालोरक्षा गर नुवाकोट भैरबी, सखापै
पारेर गयो भुइचालो
केटिः तिम्लाई चढाउने बोको छ कालो
रक्षा गर हे पलान्चोकी माइ, सखापै पारेर गयो भुइचालो ।
यो माथिको हरफले स्पस्ट हुन्छ उनि प्राकृतिक विपति रोक्न र गएको प्राकृतिक प्रकोपले पुराएको
क्षतिको चर्चा गरिरहेका छन् । २०४० साल माघ १५ गते पिता इन्द्र बहादुर आचार्य र माता सकुन्तला आचार्यको कोखबाट अर्घाखाँची जिल्लामा जन्मेका उनि बिगत २०५९ सालदेखि निरन्तर लोकसंगीतमा लागिरहेका छन् । हालसम्म उनको ५ वटा भन्दा बढी लोक दोहोरि एल्बम बजारमा आइसकेको छ ।
जसमा हान्यौ मनमा तिर, कहिले फर्कन्छौ, मिठो बन्केरार माया गर्छु धेरै लगायत छन । सानैदेखि गित संगीत भनेपछि हुरुक्क हुने उनलाई सफलता तर्फ बढाउन भने चर्चित लोक गायक विमलराज क्षत्री र भगवान भण्डारीको साथ् रहेको उनको भनाइ छ । कला के हो भन्दा उनि भन्छन कला समाजको ऐना हो जसले समाजको वास्तविकता लाई उजागर गर्दै चराइरहेका सामाजिक घाउहरुमा मलम लगाउने काम गर्छ । त्यस्तै प्रेम के हो भन्ने प्रश्नमा उनि भन्छन प्रेम दुइ मुटुको मिलन हो ।
अचानक प्रेम प्रस्ताब आउँदा के गर्नुहुन्छ भन्ने प्रश्नमा अहिले सम्म त्यस्तो परेको छैन, यदि आयो भने त्यो बेलाको निर्णय त्यतिबेला नै हुन्छ्र । अनि सेक्स के हो भन्दा उनि भन्छन यो जीबनमा आवस्यक छ । यो प्राकृतिक बरदान हो ।
उनि लोक गायनमा लागेका छन त्यसको अलावा उनि सत्य सेवा सुराक्षा को नाराबाट
प्रेरित भई नेपाल प्रहरीमा जागिरे रहेका छन् । उनि प्रहरी नायब निरिक्षक पदमा कार्यरत छन । उनि जागिरे भएपनि निरन्तर लोक संगीतमा लागिरहेका छन । उनि स्टेजमा जाँदा उनको स्वर देखेर र सुनेर मोहित हुने धेरै छन । उनि मिहनती र सघंर्षशील पनि छन् । यहि कारण उनि सफल पनि बन्दै गैरहेका छन । उनको सांगेतिक, सास्कृतिक अनि जागिरे जिबन सफल होस् हाम्रो शुभकामाना ।

प्रस्तुति : किरण अधिकारी /नुवाकोट