नौविसेमा भुकम्प प्रभावित २ सय ६ घरधुरीलाई राहात सामाग्री वितरण

639 पटक पढिएको

सम्पादक: Dhading News

11063422_768446473273231_8091014078014137913_nधादिङ,-अलसलाम मानव सेवा संघ नेपाल र कतार च्यारिटीको संयुतm पहलमा धादिङको नैविसे वडा नम्वर आठमा भुकम्प प्रभावितलाई राहात सामाग्री वितरण गरिएको छ ।

विभिन्न क्षेत्रमा भुकम्प पछि राहात तथा पुन निमार्णमा जुटेको यो संस्थाले शनिवार  धादिङको नौविसेमा २ सय ६ घरधुरीलाई त्रिपाल,खाद्यन्न लगाएत अन्य सामाग्री वितरण गरेको हो । राहात पछि पुन निमार्णको लागि जुटेको कतार च्यारिटी तथा अलसलाम मानव सेवा सघंले गोरखा नगरपालिका १२ मा १५ वटा टहरा समेत निमार्ण गरको छ । देशभरी यस्तो टहरा १००० वटा निमार्ण गर्ने संघका संरक्षक अजिजुर रहिमान शेषले बताउनु भयो ।

10372741_768446516606560_4276271944957162714_nच्यारिटिको पहलमा धादिङ, सिन्धुपाल्चोक काठमाडौ लागाएत भुकम्प प्रभावित क्षेत्रमा राहात तथा टहरा निमार्ण गरिरहेको छ । राहात वितरणमा कतार फुटबल संघका महासचिव बाबु छत्कुली लगाएत संस्थाका अध्यक्ष समिमउल रहमानको उपस्थिती थियो । राहात वितरण कार्यक्रममा बोल्दै नौविसेका सामाजिक कार्यकर्ता अप्सरा उप्रतीले अव धादिङमा नवनिमार्णको आवश्यकता रहेको भन्दै संघसस्थालाई घर तथा टहरा निमार्णको लागि सहयोग गर्न अनुरोध गर्नुभयो । सोहि क्रममा वडामा रहेको चण्डिदेवि निम्न माध्यामिक विद्यालयलाई संस्थाले ५००० रुपैया सहयोग समेत गरेको थियो ।