बिशेष साधारणबाट सिभिक बैक मुक्तिनाथमा गाभिने निर्णय पारित

640 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

1 (3)धादिङबेसी–धादिङ जिल्लामा केन्द्रिय कार्यालय स्थापना गरी संचालन हुंदै आईरहेको सिभिक डेभलपमेण्ट बैंकलाई मुक्तिनाथ बिकास बैंकले प्राप्ति गर्ने भएको छ । असार ५ गते शनिवार सम्पन्न सिभिक बैकको बिशेष साधारण सभाले उक्त प्रस्तावको अनुमोदन गरेको बैकले प्रेस बिज्ञप्ति जारी गर्दै जानकारी गराएको हो ।
बैकका सहायक प्रवन्धक भरत खनालका अनुसार बैक एकीकरणका लागि दुई पक्ष बीच भएको सहमति अनुसार नेपाल राष्ट्र्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त भएपछि कम्पनी ऐन बमोजिम सिभिक बैंकका सेयरधनीहरुको साधारण सभा वोलाई निर्णय अनुमोदन गराईएको हो । विशेष साधारण सभाले दुई बैकका बिच समायोजन हुने प्रस्तावलाई सर्वसम्मतबाट अनुमोदन गरेको वताईएको छ ।
बिशेष साधारण सभाले मुक्तिनाथ बिकास बैंकले सिभिक बैंकलाई प्राप्ती गर्ने सहमतिलाई सर्व सम्मतिमा पारित गर्नुको साथै संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ७० प्रतिशत शेयरमध्ये १९ प्रतिशत शेयर सर्वसाधारणमा सार्ने र गत पांचौं वार्षिक साधारण सभाबाट बैकको जारी तथा चुक्ता पूंजी .७ करोड ५० लाख पु¥याउने निर्णय भएकोमा हालको लागि उक्त पूंजी बृद्धि गर्न उपयुक्त नभएको भन्दै साविककै .५ करोड कायम गर्ने निर्णय समेत गरेको छ । बैंकको ६९.२८ प्रतिशत शेयरधनीहरुको उपस्थितिमा विशेष साधारण सभा सम्पन्न भएको हो ।
चुक्ता पूंजी .५ करोड भएको सिभिक बैंक ५९ करोड ९० लाख चुक्ता पूंजी भएको मुक्तिनाथ विकास बैंकले प्राप्ती गरी निकट भविष्यमा नै संयुक्त रुपमा कारोवार गर्ने भएको छ । साविकको सिभिक बैंकलाई मुक्तिनाथ विकास बैंकले प्राप्ती गरेपछि बैंकको शाखा, एक्सटेन्सन काउटर र सिमित बैंकिङ्ग गरी ४८ वटा कार्यालयहरु हुनेछ भने ४ सय ५० जना कर्मचारी रहनेछन । नयाँ बैकको नाम मुक्तिनाथ विकास बैक  रहने भएको छ ।
बिशेष साधारण सभामा बैंकको संचालक समितिको तर्पmबाट बैंकका अध्यक्ष नारायण कुमार श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने महाप्रबन्धक प्रकाशमान बज्राचार्यले बैंकलाई मुक्तिनाथ विकास बैंकसंग समाहित गर्नु पर्नाको कारण प्रष्ट पार्नु भएको थियो । साधारण सभामा संस्थापक शेयरधनीहरुको तर्पmबाट गजेन्द्रमान श्रेष्ठ र संस्थापक सन्तोष श्रेष्ठले बिशेष प्रस्तावको गर्नु भएको थियो ।