एडभान्स एकेडेमीमा पुरस्कार वितरण तथा विदाई कार्यक्रम
983 पटक पढिएको
सदरमुकाम धादिङबेसीमा सञ्चालित एडभान्स एकेडेमीमा पुरस्कार वितरण तथा विदाई कार्यक्रम सम्पन्न भएको छ । विद्यालयद्वारा आयोजित कार्यक्रममा २०७१ सालमा एसएलसी परीक्षामा उत्तिर्ण बिद्यार्थीहरुलाई सम्मानका साथ बिदाई गरिएको थियो ।
बिद्यालय संचालक समितिका अध्यक्ष वद्रिप्रसाद तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी जिल्ला शिक्षा कार्यालय धादिङका सहायक जिल्ला शिक्षा अधिकारी शोभाकर रेग्मी रहनु भएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङका मन्त्री कृष्णकुमार श्रेष्ठ,निजी तथा आवासीय बिद्यालय अर्गनाईजेशन ( प्याव्सन) धादिङका संस्थापक अध्यक्ष शान्तक्रिम बानियाँ,नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका कोषाध्यक्ष नारायणकुमार श्रेष्ठ,सिपि कलेजका सहायक क्याम्पस प्रमुख मदनकुमार श्रेष्ठ,सुनगाभा एकेडेमीका भाईस प्रिन्सिपल वद्रिप्रसाद लम्साल लगायतको आतथ्य रहेको थियो ।कार्यक्रममा गत शैक्षिक सत्रमा बिद्यालयको विभिन्न कक्षामा प्रथम द्धित्तिय र तृतिय हुने बिद्यार्थीका साथै विभिन्न अतिरिक्त कृयाकलाप,प्रतिभा प्रस्फुटन, साहित्य,कला,संस्कृति, खेलकुद लगायतका बिषयमा उत्कृष्ट प्रतिभा प्रस्तुत गर्ने बिद्यार्थीहरुलाई सम्मान गरिएको थियो । त्यसै गरी बिद्यालयको शैक्षिक गतिविधि तथा अन्य पक्षलाई नजिकवाट नियालेर उचित सल्लाह सुझाव दिने चार जना अभिभावक र कार्यकुशलताका आधारमा उत्कृष्ठ एक जना शिक्षकलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।







