धादिङ सहित मध्य क्षेत्रमा भारी वर्षा हुने

447 पटक पढिएको

सम्पादक: Dhading News

paniधादिङ–असार १३, आइतबार काठमाडौं उपत्यकासहित मध्यक्षेत्रका केहि ठाउँमा भारी वर्षा हुने मौसमविदले अनुमान गरेका छन् । मौसमविद् शान्ति कँडेलका अनुसार आइतबार देशभरी नै बदली हुने र काठमाडौं उपत्यकाबाट पश्चिममा पर्ने क्षेत्रका एक दुई ठाउँमा भारी वर्षा हुने सम्भावना छ ।

पश्चिमका धेरै ठाउँमा अविरल पानी परेपनि अरु ठाउँमा केहीबेर रोकिँदै फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद् कँडेलले बताउनुभयो । उच्च पहाडी क्षेत्रमा हिमपातको संभावना छ । मनसुन सक्रिय गराउने न्यूनचापीय रेखा सामान्यभन्दा उत्तरतिर सरेकाले नेपालमा मनसुन सक्रिय भएको मौसमविद् कँडेलको भनाई छ ।

उहाँका अनुसार यो रेखालाई बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र अरव सागरबाट आएको जलवाष्पयुक्त हावाले पनि मनसुन सक्रिय बनाएको हो । आज दिनभरी नै मौसम बदली भएपनि भोलिदेखि सुधार हुँदै जाने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।