नाच्दै गाउंदै गाउं गाउंमा नेपाल प्रहरीको ‘बुझौं र बचौं’ कार्यक्रम

737 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

11403278_10206540870817957_5513529478726474922_nधादिङ – नेपाल प्रहरीले महिला तथा बालबालिकाविरुद्धको अपराध नियन्त्रणका लागि धादिङको गाउं गाउंमा पुगेर मनोरञ्जनात्मक सचेतना कार्यक्रम संचालन गर्न थालेको छ ।  नेपाल प्रहरी संगीत विद्यालयको सांस्कृतिक टोलीले जिल्ला प्रहरी कार्यालय धादिङ सँगको संयुक्त पहलमा जिल्लाको भूकम्प प्रभावित ग्रामीण बस्तीहरूमा पुगेर कार्यक्रम सञ्चालन गरेको हो ।   सांस्कृतिक टोलीले मनोरञ्जनात्मक कार्यक्रमका साथसाथै महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरण गर्न सचेतना जगाउने कार्यक्रम पनि सञ्चालन गरेको छ ।

DSC_0517‘बुझौं र बचौं’ भन्ने नाराका साथ जिल्ला प्रहरी कार्यालय धादिङका तीनवटै  निर्वाचन क्षेत्रलाई समेट्ने गरी हालै सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जनाएको छ । सो क्रममा मैदी गाविस–७ स्थित मैदी संस्कृत उच्च माध्यमिक विद्यालय, सल्यानटार गाविस–४ स्थित रानीपौवा उच्च माध्यमिक विद्यालय र थाक्रे गाविस–३ स्थित जनजागृती उच्च माध्यमिक विद्यालय लगायतका स्थानहरूमा कार्यक्रम गरिएको हो ।

1978853_10206540372325495_6045418833608562169_n (1)कार्यक्रम गरिएका सबै स्थानमा सर्वसाधारणको सक्रिय सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश मल्लले जानकारी दिनुभयो ।

DSC_0547यस्ता जनचेतनामुलक कार्यक्रमलाई निरन्तरता दिन   जिल्ला विकास समिति, जिल्ला शिक्षा कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, महिला तथा बालबालिका कार्यालय, जिल्ला बालकल्याण समितिका कार्यालयहरूका साथै सरोकारवाला संघ संस्था, राजनैतिक दल र अन्य निकायले पनि मनोरन्जनको माध्यमबाट जनतालाई जागरुक वनाईराख्न  सामूहिक रूपमा सचेतना जगाउन अग्रसर हुनुपर्ने प्रहरीले जनाएको छ ।

DSC_0538धादिङ जिल्लामा संचालित कार्यक्रमका लागि गैरसरकारी संस्थाहरू सुरक्षित आप्रवासन परियोजना (सामी) प्रयास नेपाल, सहयात्री समाज, युनिसेफ, आवाज अभियान, हेल्थकेयर, चन्द्रज्योति एकीकृत ग्रामीण विकास समाजका प्रमुखहरू, सञ्चारकर्मीहरू तथा राजनीतिक दलका प्रतिनिधिले समेत कार्यक्रममा ऐक्यबद्धता जनाएका थिए ।