​पराग्वेको पोष्टमा अर्जेन्टिनाको आधा दर्जन गोल

668 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

goolअसार १६ – पराग्वेलाई फराकिलो गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधी नजिक पुगेको छ । बुधबार विहान सम्पन्न दोश्रो सेमिफाइनल खेलमा अर्जेन्टिनाले पराग्वेलाई ६–१ गोल अन्तरले पराजित गर्यो । अर्जेन्टिनाले १५ औं मिनेटमा मार्कोस रोजोको गोल मार्फत गोलको खाता खोलेको थियो । २७ औं मिनेटमा जाभियर पास्टोरेले अर्जेनिटनाको अग्रता दोब्बर पारे । तर ४३ औं मिनेटमा पराग्वेका लुकार वारियसले गोल गर्दै खेल २–१ मा पुर्याए । पहिलो हाफको तुलनामा निकै फितलो खेल खेलेको पराग्वेले दोश्रो हाफमा थप ४ गोल खायो । दोश्रो हाफको दोश्रो मिनेटमानै लियोनन मेस्सीको पासमा एन्जल डी मारियाले गोल गरे । तेश्रो गोलको ६ मिनेट वित्न नपाउँदै दोश्रो हाफको ८ औं मिनेटमा मेस्किकै पासमा मारियाले अर्जेन्टिनाको अग्रता ४–१ मा पुर्याए । दोश्रो हाफको ३५ औं मिनेटमा सर्जियो एग्युरो र ३८ औं मिनेटमा हिग्गुइनले गोल गरेपछि अर्जेन्टिना ६–१ को फराकिलो जितका साथ फाइनल प्रवेश गर्यो । अब उपाधीका लागि अर्जेन्टिनाले आयोजक चिलीसँग प्रतिस्पर्धा गर्नेछ । चिलीले मंगलबार भएको खेलमा पेरुलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।