गर्मीमा धेरै पसिना आयो ? यसो गर्नुस्

505 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 pasinaपसिना आउनु सरीरको स्वास्थ्यका लागि राम्रो कुरा हो । पसिनाबाट सरीरको तापक्रम सन्तुलन हुनुका साथै विभिन्न खाले हानिकारक तथा विषाक्त पदार्थहरुपनि सरीरबाट बाहिरिन्छन् । अझ गर्मीयाममा पसिना आउनु निकै महत्वपूर्ण हुन्छ । यद्यपि आवश्यकता भन्दा धेरै पसिना आउनु भने स्वास्थ्यका लागि प्रत्युत्पादक हुनसक्छ ।
कतिपय मानिसको सरीरबाट धेरै पसिना निस्किन्छ । गर्मीमा अत्यन्तै धेरै पसिना निस्कने कारणले कतिपयलाई दैनिक कामकाजका लागि समेत अप्ठेरो हुन्छ । अझ कतिपयको पसिनामा दुर्गन्ध पनि धेरै हुन्छ जसले पसिनाकै कारण सार्वजनिक स्थानमा लज्जा बेहोर्नुपर्ने हुन्छ ।
त्यसैले बढि पसिना आउने समस्याबाट ग्रस्त भएकाहरुका लागि पसिना कम आउने उपायको खोजी महत्वपूर्ण हुन्छ । गर्मीमा बढि पसिना आएर पीडित बनेकाहरुका लागि समस्याको समाधानका केही उपाय यी हुनसक्छन्-
· गर्मीमा घरबाहिर निस्कनुअघि सरीरको बढि पसिना निस्कने ठाउँ, जस्तै काखी, जाँघ आदिमा बरफ दल्नुहोस्, यसो गर्दा पसिना कम निस्कन्छ ।
· जुन ठाउँबाट बढि पसिना निस्किन्छ त्यस ठाउँमा आलुको टुक्रा काटेर दल्नाले पनि पसिना कम हुन्छ ।
· अनुहारबाट धेरै पसिना आउँछ भने कांक्राको चिरा काटेर दल्नुहोस् वा काँक्राको जुसले मुख पखाल्नुहोस् ।
· सरीरबाट धेरै पसिना आउने समस्या भएका मानिसहरुले खानामा नुनको मात्रा कम गर्नुपर्छ ।
· केही मानिसहरु बढि पसिना आउने डरले पानी कम पिउँछन् । यसो गर्दा पसिनामा दुर्गन्ध बढि आउँछ । पसिनाको दुर्गन्धबाट मुक्ति पाउनका लागि पानी बढि पिउनुपर्छ ।
· पसिना आउने ठाउँमा ब्याक्टेरियाको संक्रमण हुने तथा सोही कारण दुर्गन्ध झनै बढ्ने हुन्छ । सोही कारण काखी लगायतका धेरै पसिना आउने ठाउँमा नियमित सरसफाइ गर्नुपर्छ ।
· पाइतालामा धेरै पसिना आउँछ भने पानीमा फिटकिरी घोलेर सो घोलमा केही बेर खुट्टा डुबाउनुहोस्, बढि पसिना अउने समस्या कम हुन्छ ।
· मुंगीको दाललाई भुटेर पिँध्नुहोस् अनि त्यसमा नउमालेको दुध मिलाएर पेष्ट बनाएर अनुहारमा दल्नुहोस् । यसो गर्दा अनुहारबाट धेरै पसिना आउने समसया कम हुन्छ ।
एजेन्सी