प्राथमिक उपचार सम्बन्धी आधारभुत तालिम सम्पन्न

539 पटक पढिएको

सम्पादक: Dhading News

prathamikधादिङ–असार १८, भुकम्प पिडित नागरिकहरुलाई सामान्य चोटपटक लाग्दा अपनाउनु पर्ने बिधी र औषधी उपचारको लागि बारे जानकारी गराउने उद्देश्यले सन्चालन भएको ४ दिने तालिम सम्पन्न भएको छ । । हिमालयन सामुदायिक मुक्ति समाज हिम्स नेपालको आयोजना र युनाईटेड मिसन टु धादिङ क्लष्टरको साझेदारीमा सन्चालन भएको तालिममा लापा, सेर्तुङ,रि र झार्लाङबाट विस्थापित भई सांकोषमा बसेका २४ जना युवायुवतीको सहभागिता रहेको थियो । हिम्स नेपाल धादिङका अध्यक्ष जीवन तामाङको अध्यक्षता र धादिङ ईसाइ समाजको सचिव वविन लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा हिम्स नेपाल धादिङका कार्यकारी निर्देशक सिलास तामाङ लगायतका सहभागिता रहेको थियो । नीलकण्ठ नगरपालीका वडा नम्बर–४ हरियोखर्कमा सन्चालन भएको आधारभुत प्राथमिक उपचार तालिममा रक्त स्राव रोक्ने उपाय, घाईतेको ओसार पोसार कसरी गर्ने, घाउँमा पट्टि बाध्ये तरिकाको बारमो नारायण कुमार श्रेष्ठले सहभागिहरुलाई प्रशिक्षण दिनुभएको थियो ।