जिर्ण तुईन अझै मर्मत भएन, कल्लेरीका नागरिकहरु समस्यामा

631 पटक पढिएको

सम्पादक: Dhading News

tuen
धादिङ–असार २०, जिर्ण तुईन मर्मत नहुदा जिल्लाको कल्लेरी गाउँ विकास समितिका नागरिकहरु जोखीम मोलेर आवत–जावत गर्न बाध्य भएका छन् । निमार्ण गरेको धेरै बर्ष हुँदा पनि मर्मत नहँुदा तुईन कामै नलाग्ने गरेर जिर्ण बनेको स्थानीयले बताएका छन् । बर्षाको समयमा त्रिशुलीबाट पौडिएर तर्न सकिदैन, अब के गर्ने होला कल्लेरीका माधव खतिवडाले गुनासो गर्नुभयो, सोहि तुईनभएर दैनिक विद्यार्थीहरु आवत–जावत गर्ने गरेका छन् । बैशाख १० गते सोहि तुईनबाट खसेर कल्लेरी गाउँ विकास समिति वडा नम्बर ३ का पुष्पलाल श्रेष्ठले मृत्यु भईसकेको छ । तुईन मर्मत नुहँदा किसान र विद्यार्थीहरु बढी समस्यामा परेका छन् ।