घरमा शौचालय नवनाए गाविसको सेवा सुविधा नपाईने
511 पटक पढिएको
ज्यामरुङ -धादिङको ज्यामरुङ गाविसले शौचालय नबनाउनेलाई कुनै पनि सेवा सुविधा र काम नगरिदिने बताएको छ । गाविसलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियान अनुरुप शौचालय नबनाउनेलाई कुनै पनि सेवा सुविधा र काम नगरिदिने गाविस सचिव भेषबहादुर थापाले जानकारी दिए ।
गाविसमा रहेका १७ सय ९२ घरधुरीमा प्राय आधा जसको शौचालय नभएको उनले बताए ।
‘शुरुमा हामीले शौचालय बनाउन आग्रह गर्यौं, केहीले बनाए’ गाविस सचिव थापाले भने ‘अटेर गर्नेहरुका लागि बाध्यकारी निर्णय लेराएका हौं ।’ शौचालय बनाउन जिल्ला विकास समितिले सहयोग गरेपछि आफूहरुले नयाँ नियम लागू गरेको उनले सुनाए ।
शौचालय नहुने घर र गाउँलाई नै गाविसले दिने सुविधा उपलब्ध नगराउने उनले सुनाए ।
शौचालय बनाउनेहरुको पनि भूकम्पले भत्काइदिएका कारण फेरी बनाउन पर्ने भएको छ । भूकम्पपछि सो गाविसलाई नै खुल्ला दिसापिशाव मुक्त घोषणा गर्ने अभियान अन्तर्गत अहिले शौचालय निमार्णको काम भइरहेको छ ।