“मुक्तिनाथ विकास बैंकको मुनाफा ३७ करोड ७ लाख”

743 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ–धादिङ जिल्लामा केन्द्रिय कार्यालय रहेको सिभिक डेभलपमेण्ट बैंकसंग मर्ज भएको मुक्तिनाथ विकास बैंक लि.ले आर्थिक बर्ष २०७१÷७२ को अन्त सम्ममा कूल ३७ करोड ७ लाख संचालन मुनाफा आर्जन गर्न सफल भएको छ । यस अवधिमा बैंकको निक्षेप संकलन कूल ७ अर्ब ७८ करोड र कर्जा लगानी कूल ६ अर्ब ७१ करोड रहेको छ । गत आ.व.को सोही अवधिको तुलनामा बैंकको संचालन मुनाफा ३६ प्रतिशत, निक्षेप संकलन ३४ प्रतिशत र कर्जा लगानीमा ३५ प्रतिशतले बृद्धि भएको छ । यस अवधिमा बैकको प्रतिशेयर आम्दानी ३७ रुपैयाँ रहेको छ भने बैंकको निष्कृय कर्जा ०.१९ प्रतिशत रहेको छ ।
download (2)यस अघि बैंकले धादिङ्ग जिल्लामा केन्द्रीय कार्यालय रहेको सिभिक डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी २०७२ आषाढ ३० गते देखि एकिकृत कारोवार गरी राष्ट्रिय स्तरको विकास बैंकको रुपमा कारोवार गरेको बैकले जनाएको छ ।
नेपालको बैंकिङ्ग क्षेत्रमा वित्तीय सेवाको कार्यशैली फरक र छुट्टै पहिचान झल्कने गरी बैंकले “जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्दछ” भन्ने सिद्धान्तलाई आत्मसात गर्दै नेपालको परिवेश सुहाउदो आधुनिक बैंकिङ्ग र सिमित बैंकिङ्गका कुल ४८ शाखा कार्यालयहरुवाट हाल सम्म करिव १ लाख ७४ हजार ग्राहकलाई बैंकिङ्ग तथा लघुवित्त सेवा प्रदान गरिरहेको बैकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालद्धारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।