जन्मदिनमा सदिक्षाले दिईन गरिव बिद्यार्थीलाई कापीकलम उपहार

780 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ – चिल्ड्रेनपार्क उच्चमाविमा कक्षा ६ मा अध्ययनरत एक छात्राले आफ्नो जन्म दिनको अबसरमा गरिब विद्यार्थीलाई कापी कलम उपहार दिएकी छिन् ।
धादिङको बैरेनी गाविस वडा नम्बर २ सिरुवानी घर भई बा आमा संगै धादिङबेसी बस्दै आईरहेकी सदिक्षा अधिकारीले जन्मदिनको अबसरमा नलाङ गाविसको नागेश्वरी प्राविमा अध्ययन गर्ने ६ जना विद्यार्थीहरुलाई कापी र कलम उपहार दिएकी हुन् ।

IMG_8051विद्यालयको बालविकासमा अध्यायन गर्ने रेणु शाही, कक्षा एकमा अध्यायन गर्ने विशाल वि.क. र सिलत गिरी, कक्षा २ मा अध्यायन गर्ने उमेश अर्याल , कक्षा ३ मा अध्यायन गर्ने समिर परियार र कक्षा ५ मा अध्यायन गर्ने सन्तोषी अर्याललाई कापी र कलम उपहार दिएकी हुन् ।
किताब कापीको अभावमा उनिहरुले पढ्ने अबसरबाट बञ्चित हुन नपरोस भनेर ति गरिब विद्यार्थीहरुलाई कापी र कल उपहार दिएकी हुन् । सदिक्षाले वर्षभरि खाजा र अन्यकामका लागि प्राप्तरकम बचाएर राखेर जन्मदिनको अबसरमा उपहार दिएको बताएकी छिन् । २०७२ साउन १४ गते उनि ११ वर्ष पुरा भइ १२ वर्ष लागेकी छिन् ।सदिक्षा धादिङ जिल्लामा रहेर  पत्रकारिता तथा अधिकारका क्षेत्रमा कृयाशिल सिताराम अधिकारी र राधिका सापकोटाको छोरी हुन ।

तस्वीर  :सीताराम अधिकारी