नेपाली भाषामा उखान टुक्काको प्रयोग विषयक अन्तरक्रिया

3573 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ -धादिङ सिर्जना प्रतिष्ठानको चयन ललितकला र संस्कृतिको उन्नयन भन्ने नाराका साथ नेपाली उखान टुक्काको प्रयोग गरि कसरी नेपाली भाषालाई राम्रो बनाउन सकिन्छ र पाठ्यपुस्तका भएका र चलनचल्तीमा रहेका उखान टुक्काहरुलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा सदरमुकाम आसपासका विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागीतामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

imagesकार्यक्रममा धादिङका विभिन्न ६ ओटा विद्यालयका विद्यार्थी, शिक्षक तथा स्रष्टाहरुको सहभागीता रहेको थियो । नेपाली उखान टुक्का भनेको के हो र यसलाई कसरि प्रयोग गर्न सकिन्छ भन्ने विषयमा नीलकण्ठ क्याम्पसका शिक्षक लोकनाथ रिजाल र बरिष्ठ साहित्यकार बद्रीप्रसाद दाहालले सहभागीहरुलाइ प्रशिक्षण दिनुभएको थियो । अन्तरक्रियाकै क्रममा सहभागि विद्यार्थीहरुको बीचमा उखानटुक्काको अर्थ र प्रयोग गर्ने तरिकाबारे प्रतिस्पर्धा गराइएको थियो । जसमा जसमा धादिङ आवासिय उच्च माद्यमि विद्यालय प्रथम, एड्भान्स् एकेडेमी दितिय र सुनगाभा एकेडेमीका विद्यार्थीहरुको तृतिय भएका थिए । सँस्कृति र सष्टाका सम्मानका लागि र साहित्यमा भाषिक शुद्धताको लागि सस्थाले आगामी दिनमा पनि दिग्गज स्रष्टाहरुको उपस्थितिमा विभिन्न प्रशिक्षणका कार्यक्रमहरु राख्ने सिर्जना प्रतिष्ठानका अध्यक्ष प्रकाश पौडेले जानकारी दिनुभयो ।