धादिङ समाज दक्षिण कोरियाले धादिङबेशीमा नमुना शौचालय बनाउदै

695 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

sauchधादिङ–भदौ २, धादिङ सदरमुकाम धादिङबेशीमा नमुना अपाङमैत्री शौचालय निमार्ण हुने भएको छ । धादिङ समाज दक्षिण कोरियाको सहयोगमा धादिङबेशी पिपलबोट नजिकैको खाली स्थानमा बाथरुम सहितको सार्वजनिक शौचालय निमार्ण गर्न लागिएको धादिङ समाज दक्षिण कोरिया सदस्य एवं पुर्व उपाध्यक्ष मनोज थापाले बताउनु भयो । शौचालय निमार्णको लागी जग्गाको काम पुरा  भईसकैको र अब तत्काल काम सुरु हुने भएको छ । बैशाख १२ गते गएको विनाशकारी भुकम्पको कारण निमार्ण कार्य ढिला भएको हो ।आधुनिक सुविधा सम्पन्न शौचालय निमार्ण भएपछि धादिनबेशी आउने आगन्तुकहरुलाई सहज हुने भएको छ । बैदेशिक रोेजगारको लागी धादिङबाट दक्षिण कोरियामा रहेकाहरुको सहयोगले शौचाल निमार्ण गर्न लागिएको हो । खानेपानी सहितको सुविधा हुने उक्त शौचालयमा बाथ रुम समेत रहने भएको छ । महिला, पुरुष र अपाङगता भएकाहरुको लागी छुट्टा–छुट्टै  दिशा, पिशाव गर्ने कोठा हुने छ । धादिङबेशीमा सार्वजनिक शौचालय नहँुदा विभिन्न कामको लागी सदरमुकाम आउने नागरिकहरुले चरम समस्या झेल्दै आएका छन् । शौच गर्नको लागी होटल र सरकारी कार्यलयमा पुग्नुपर्नै बाध्यता धादिङबेसीमा अहिलै सम्म पनि कामयै रहेको छ । सकेसम्म  भाद्र महिनाबाट शौचालय निमाण कार्यलाई  अगाडी बढाउने धादिङ समाज दक्षिण कोरियाले  जनाएको छ । शौचालय निमार्ण गर्न आवश्यक पर्ने जग्गा र अन्य कानुनी प्रक्रिया पु¥याउको लागी मनोज थापाले महत्वपुर्ण भुमिका निभाउदै आनुभएको छ । शौचालय निमार्ण भएपछि  जिल्लाकै एक मात्र अपानमैत्री सार्वजनिक शौचालय हुने छ ।