वर्षको पाँच दिन लोग्ने स्वास्नीबीच कुनै सम्बन्ध नहुने गाउँ

809 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

rare-village

यो दुनिया वास्तवमा संस्कृति र परम्पराको फुलवारी नै हो । पृथ्वीको विभिन्न ठाउँमा बस्ने मानिसहरुका आ आफ्ना परम्परा र संस्कृति छन् । अफ्रिकाका विभिन्न देशहरुका साथै दक्षिण पूर्वी एसियामा बस्ने परम्परागत आदिवासी समुदायका मानिसहरुका परम्परा तथा रहनसहनलाई सबैभन्दा अनौठो मानिन्छ ।

तर अफ्रिका वा दक्षिण पूर्वी एसियामा मात्र होइन हाम्रै देश तथा हाम्रो छिमेकी देश भारतका विभिन्न समुदायका संस्कृति तथा परम्परा पनि निकै अनौठा किसिमका रहने गरेका छन् ।

यस्तो एउटा अनौठो परम्परा छ छिमेकी भारतको हिमाचल राज्यको एउटा गाउँमा । हिमाचलको कुल्लु जिल्लास्थित पिणी गाउँको एउटा परम्पराको बारेमा सुन्नुभयो भने तपाइँ छक्क पर्नुहुन्छ ।

Dancing

उक्त गाउँमा वर्षको ५ दिन श्रीमान श्रीमती एक आपसमा प्रेमालाप गर्दैनन् । प्रेमालाप मात्र कहाँ हो र हँसिमजाक पनि गर्दैनन् वर्षको पाँच दिन । उक्त पाँच दिन महिलाहरुले आफुले लगाएको लुगा फेर्न पनि पाउँदैनन् र पाँच दिनसम्म ऊनबाट बनेको विशेष कपडा ओढ्दछन् ।

पिणी गाउँमा हरेक वर्ष अगष्ट १७ देखि २१ तारेखसम्म अर्थात् भदौ महिनाको सुरुका पाँच दिन यो अनौठो परम्परा पालना गर्ने गरिन्छ । त्यो पाँच दिनसम्म गाउँलेहरुले रक्सी पनि खाँदैनन् ।

Old-man-and-women

यो परम्परासँग एउटा पौराणिक कथा जोडिएको छ । कथा अनुसार लाहुआ घोडा देवता पिणी गाउँमा पुग्दा त्यहाँ राक्षसको आतंक थियो । भदौँ संक्रान्तिलाई त्यहाँ कालो महिना मानिन्छ । उक्त दिनमा घोडा देवता गाउँमा आएर राक्षसको नास गर्ने विश्वास गाउँलेहरुमा छ । सोही अवसरमा गाउँलेहरु ती देवताको नाममा भदौको पाँच दिन समर्पण गर्दछन् र खानेकुरा तथा यौन कार्य समेत बार्ने गर्छन् ।