मुरलीभञ्ज्याङ स्वास्थ चौकी भवनको शिलान्यास

621 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

मुरलीभञ्ज्याङ–गत वैशाख १२ गतेको भुकम्पले जीर्ण बनाएको मुरलीभन्याङ स्वास्थ्य चौकी भवन नयाँ वनाईने भएको छ । नयाँ बन्न लागेको भवनको को असोज ११ गते शिलान्यास गरिएको छ ।
SAM_1519धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ ज्यामिरेमा रहेको स्वास्थ्य चौकीको जग्गामा मुरलीभन्ज्याङ स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ प्रसाद लंसाल, जग्गादाताहरु हरिबहादुर दुवाडी, दयानाथ शर्मा दुवाडी र समाजसेवी घनानाथ लंसालले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो । शिलान्यास गर्दे गर्दा पण्डितद्वय पशुपती लंसाल र नारायण प्रसाद ढकालले स्वस्तीबाचन गर्नुभएको थियो । स्वास्थ चौकी निर्माण गर्न स्थानिय हरिबहादुर दुवाडीले एक रोपनी र दयानाथ शर्मा दुवाडीले १ रोपनी २ आना जग्गा निशुल्क रुपमा प्रदान गर्नुभएको थियो ।
स्वास्थ्य सेवा विभागको बजेट अनुसार शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यलय नुवाकोटले टेण्डर आब्हान गरेको स्वाथ्य चौकीको भवन निर्माण सम्पन्न गर्नको लागि स्थानिय ठेकेदारहरु गणेशकुमार श्रेष्ठ र पदम बहादुर श्रेष्ठले जिम्मा लिएका छन । २ करोड १४ लाखमा टेण्डर आब्हान गरिएको भएपनि १ करोड ८४ लाखमा १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरि ठेक्का लिएको मुरलीभन्ज्याङ स्वास्थ्य थौकीका इन्चार्ज कृष्णबहादुर पौडेलले जानकारी दिनुभयो । शिलान्यास कार्यक्रममा बोल्दै स्थानिय राजनैतिक दलका नेताहरुले तोकिएकै समयभित्र निर्माण सम्पन्न गर्नको लागि सवैले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन । शिलान्यास कार्यक्रममा नीलकण्ठ ८ ९ र १० का सवै स्वास्थ्य स्वयंसेविकाहरु, आमा समुहका सदस्यहरु, एच सी ३ परियोजनाका प्रतिनिधि लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।