भारतका पूर्व कुटनीतिज्ञ मणिशंकर ऐयरले भने, मोदीले नेपाली जनता सँग माफी माग्नुपर्छ

475 पटक पढिएको

१७ आश्विन २०७२, आईतवार ०८:३० सम्पादक: धादिङ न्यूज

Mani-Sankar१७ असोज, काठमाडौ । भारतका पूर्व कुटनीतिज्ञ मणिशंकर ऐयरले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई माफी दिन आग्रह गरेका छन् ।

भारतले गरेको अघोषित नाकाबन्दीबारे नयाँ पत्रिकासँग कुरा गर्दै ऐयरले मोदीको मुर्खताले भारतलाई घाटा भएको बताए । भारतीय प्रधानमन्त्री मोदीले नेपाल मामिलामा भयंकर गल्ती गरेको उल्लेख गर्दै छिमेकी राष्ट्रले नेपालको एउटा पक्षका जनतालाई उचालेर तपाईँ संविधानलाई बन्द गर्नुस्, विरोध गर्नुस् भन्न नपाइने भारतीय राष्ट्रिय कांग्रेसका बरिष्ठ नेता मणिशंकरले बताए ।

नेपालको संविधानमा असन्तुष्टी धेरै नै रहेको भए पनि त्यसको समाधान गर्ने जिम्मेवारी नेपालीकै भएकाले हिन्दुस्तानी जनता वा सरकारको नभएको ऐयरको भनाइ छ ।

आफू भारतको प्रधानमन्त्री भएको भए यतिबेला नेपाली जनतासमक्ष शीर झुकाएर माफी माग्ने उनले बताए । उनी भन्छन्-‘मोदी नेपालसँग राम्रो सम्बन्ध कायम गर्न चाहन्छन् कि चाहँदैन, उनले जवाफ दिनुपर्छ । उनले नेपाललाई एक आजाद (स्वतन्त्र) मुलुक ठान्छन् कि ठान्दैनन् र नेपालको आन्तरिक मामिलामा असर पार्छन कि पार्दैनन् ? उनले जवाफ दिनुपर्छ । नेपालले यो कुरा मोदीसँग सोध्नुपर्छ, आखिर भारत सरकार के चाहन्छ ?’