एएफसी यु–१९ छनौट फुटबलमा आज नेपाल र कुवेत भिडने
629 पटक पढिएको

काठमाडौं, असोज १७ । ईरानमा जारी एएफ्सी अण्डर नाइन्टिन छनौट फुटबलमा दोस्रो खेलमा नेपालले आइतबार(आज) कुवेतसंग खेल्दैछ ।
खेल नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ । पहिलो खेलमा आयोजक ईरानसँग १०-० को फराकिलो गोल अन्तरमा हारेको नेपाल आज जित्नैपर्ने दबाबमा छ ।
यो खेलमा पराजित भए नेपालको अर्को वर्ष बहराईनमा हुने एएफसी अण्डर नाईन्टिन फुटबल च्याम्पियनसिपमा छनौट हुने संभावना समाप्त हुनेछ ।
नेपालको समूहमा ईरान, कुवेत र जोर्डन रहेका छन् । एसियाका ४३ राष्ट्रलाई १० वटा समुहमा विभाजन गरी सञ्चालन भइरहेको छनोट चरणबाट १६ वटा टोलीले अर्को वर्ष बहराइनमा हुने फाइनल चरणमा सहभागीता जनाउने छन् ।
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
२०७२, १७ आश्विन आईतवार ०८:३९ मा प्रकाशित