मकवानपुर उत्तरी क्षेत्र स्तरिय लिग फुटवल प्रतियोगिता २०७२ शुरु

783 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

रुपक कालिराज,पालुङ
12346706_558555920962879_1222561124_nमकवानपुरको थाहा नगरपालिकामा आज देखि मकवानपुर उत्तरी क्षेत्र स्तरिय लिग फुटवल प्रतियोगिता २०७२ शुरु भएको छ । थाहा ७ इन्द्रयणी चौरमा भएको प्रतियोगिता अन्र्तगत आयोजक ए र गोगने ग्याङ स्ट्रार यूवा क्लव विच आज भएको पहिलो खेलमा आयोजक ए ले ४–१ गोल अन्तरले बिजयी भएको छ । खेलमा पाथिभरा यूवा क्लवका तर्फबाट सुनिल भुजेलले २ गोल गरेका थिए र त्यसै गरि उज्वल लामाले १३ औं मिनेट र अर्जून मगरले २३ मिनेटमा एक गोल गरेका थिए भने गोगने ग्याङ स्ट्रार यूवाका अनिल गोलेले एक गोल गरेका थिए । पाथिभरा यूवा क्लवका अध्यक्ष हरिराम कार्कीको सभाध्यक्षतामा भएको प्रतियोगितामा १८ टिमको सहभागिता रहेको थियो । भोलिको खेल लिटिल वोइज यूवा क्लव र क्रशेश्वार यूवा क्लव विच विहान ८ वजे हुने पाथिभरा यूवा क्लवका अध्यक्ष हरिराम कार्कीले जानकारी दिनु भएको थियो । उत्तरी क्षेत्र खेलकुद विकास समितिका अध्यक्ष राजेश केसिको प्रमुख आथित्यता भएको प्रतियोगितामा भाथिभरा वचत तथा क्रण शहकारी संस्थाका व्यवस्थापक राजाराम कार्कीले स्वागत मन्तव्यको साथै यस्तो प्रतियोगिता गरेकोमा आयोजक टिमलाई धन्यावदको साथै आफुले सक्दो सहयोग गर्ने बताउनु भएको छ ।
पाथिभरा यूवा क्लवको आयोजनामा भएको प्रतियोगितामा रेडियो पालुङका प्रत्रकार रुपक कालिराजले सञ्चालन गर्नु भएको थियो । प्रतियोगिताको उद्घाटन गर्दै प्रमुअ अथिति केसिले खेलका माध्यमबाट उत्तरी क्षेत्रकोको नाम अग्रपंक्तिमा राख्न खेलाडीहरुलाई शुभकामना दिनुभयो । उहाँले थाहा नगरपालिकामा तथा जिल्ला विकास समितिमा पटक पटक पहल गर्दा पनि खेलकुद तथा खेलमैदानको मर्मतको लागि कम वास्ता गरेको प्रति चिन्ता व्याक्त गर्नु भयो । पछिल्लो समय केहि रकम खेलकुद विकास समितिलाई विनियोजन भएको ती विनियोजन भएको रकम पारर्दशिता ढ्रगबाट काम गर्ने बताउनु भयो । वौदिक विकास गर्ने माध्यम खेलकुद नै भएकोले यस क्षेत्रका वुद्धिजिविले खेललाई छाँयामा पारेको बताउनु भयो । आगामि वषर्मा खेलकुदको लागि नगरपालिकाले ३० लाख वजेट छुट्याउन पर्ने बताउनु भयो । यसरी विनियोज गरे पश्चात मात्र यस क्षेत्रको विकास हुने बताउनु भयो । केसिले खेल प्रेमीहरुले आफुलाई अनुरोध गरेको खण्डमा आफुले सक्दो सहयोग गर्ने बताउनु भयो । रापरापा नेपालका प्रतिनिधि हरिकृष्ण विष्टले अनुसाशित ढंगले खेल खेल्नुको साथै सबैलाई सहयोग गर्नको लागि अनुरोध गर्नु भएको थियो । एकिकृत माओवादिका तर्फबाट विष्णु थापा, जनमोर्चाका जिल्ला अध्यक्ष लक्षम विष्ट,समाज सेवि तथा वुद्धिजिवि ज्योति रायामाझी,थाहा नगरपालिका प्रशासन शाखा प्रमुअ अनिल लामिछाने,इन्जिनियर सन्तोष बोहोरा,इलाका प्रहरी कार्यलय पालुङका प्रहरी हल्वदार प्रम पौडेल, पाथिभरा वचत तथा क्रण शहकारी संस्थाका सचिव श्याम तामाङ, खेलकुद प्रेमी लगायतको उपस्थित रहेको थियो ।
☻मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन भएको १० दिने उद्यमशिल्ता विकास तालिम आज समापन भएको छ । मंसिर १३ गते देखि सञ्चालन गरिएको तालिममा थाहा नगरपालिकाका २० जना यूवा यूवतीकोे सहभागिता रहेको थियो । पालुङ बहुउद्देश्य शहकारी संस्थाको अध्यक्ष विमल कुमार ढकालको अध्यक्षतमा भएको समापन कार्यक्रममा व्यवसाय विकास प्रतिष्ठान त्रिपुरेश्वार काठमाण्डौका प्रशिक्षक काव्य प्रसाद निरौला र इश्वारी ज्ञावली सहजीकरण गर्नु भएको थियो । पालुङ बहुउद्देश्य शहकारी संस्था र व्यवसाय विकास प्रतिष्ठान त्रिपुरेश्वार काठमाण्डौको उक्त आयोजनामा भएको तालिमा लेखा समिति संयोजक उमेश प्रसाद ढकाल, समाज सेवि अच्यूतम प्रसाद ढकाल, उद्योग वाणिज्य संघको तर्फबाट पुरुषोेतम ढकाल लगायतले मन्तव्य राख्नु भएको थियो । सहभागिहरुले यस्ता सिप मुलक कार्यक्रम सिक्न पाएकोमा खुसि व्याक्त गरेका थिए । कार्यक्रममा अध्यक्ष विमल कुमार ढकाल लगायतले सहभागिहरुलाई शिपमुलक तालिमबाट सिकेका कुराहरु व्यवहारमा उर्ताणको निम्ति सबैमा आग्रह गरेका थिए ।