रेन्बो ट्राउटमाछामा धादिङका किसानको आकर्षण

823 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

maxaधादिङ मंङ्सिर २८ -धादिङका किसान विभिन्न प्रजातिका माछापलन गरिरहेका बेला तसर्पु गाविसका एक किसान भने व्यावसायिकरुपमा अमेरिकन रेन्बो ट्राउट माछा पाल्न थालेका छन् । तसर्पु गाविसमन किसान शंकर यस व्यावसायबाट मनग्य आम्दानी गरिरहेका छन् । केहि बर्ष पहिलेसम्म जापानीज रेन्बो ट्राउट माछा पाल्दै आएका तामाङले बजारमा यसको माग कम हुन थालेपछि अमेरिकन रेन्बो ट्राउट पाल्न सुरु गरेको बताउ छन् । उनी भन्छन्, अरु ठाउँमा र अरु जिल्लामा पनि जापानीज ट्राउटको व्यावसायिक उत्पादन हुन थाल्यो, बजारमा बेच्नका लागि समस्या पर्न थाल्यो, बजारमा बेच्नका लागि समस्या पर्न थाल्यो, माछाका पारखीलाई पनि फरक स्वाद दिन र हरुको भन्दा फरक व्यवसाय गर्न अमेरिकन जातको माछा पाल्नु थालेको हुँ । अमेरिकन जातको रेन्बो ट्राउट माछा झट्ट हेर्दा जापानीज रेन्बो ट्राउट जस्तै देखिने र एउटै हावा पानीमा उत्पादन हुने भए पनि खाँदा स्वादमा धेरै फरक हुने तामाङले बताए । सुरुमा दुईवटा पोखरीबाट व्यावसाय थालेका तामाङले रेन्बो ट्राउट माछा पाल्नकै लागि तीन करोडभन्दा बढीइ लगानी गरिसकेका छन् । गत बर्षको तुलनामा यस बर्ष खासै नपाmा कमाउन नसके पनि माछा पालनमा घाटा भने नहुने उनले बताए । उनले भने, गत बर्ष पोखरीमा भएका माछा दशैँ अगावै सकिएको थियो, यस बर्ष भुकम्पको असरले पनि हाला पोखरीमा खान योग्य भएका माछा धेरै छन् । हाल १६ वटा पोखरीमा व्यावसायिक अमेरीकन रेन्बो ट्राउट माछा पालन गरिरहेका तामाङले अन्य पाँच जनालाई रोजगारी दिएका छन् । माछाको उत्पादन बढ्दै गएकाले आगाम िदिनमा बजार राम्रो भयो भने वार्षिक २५ देखि ३० टनसम्म माछा उत्पादन गर्ने उनको लक्ष्य छ । चिसो पानीमा हुने ट्राउट प्रजातीको माछाको बजार भाउ अहिले राम्रै छ । जिल्ला कृषि विकास कार्यलय धादिङले माछामा अनुदान दिन थालेसँगै धादिङ जिल्लामा माछा पाल्ने किसानको संख्या बढ्न थालेको छ । माछा पाल्न चाहने किसानका लागि प्रतिरोपनी १० हजार रुपैँया अनुदान दिने गरेको जिल्ला कृषि विकास कार्यलय धादिङका कृषि प्रसार अधिकृत दुर्गादत्त पन्थीले बताए ।
रेन्बो ट्राउटमा किसानको आकर्षण धादिङका किसान विभिन्न प्रजातिका माछापलन गरिरहेका बेला तसर्पु गाविसका एक किसान भने व्यावसायिकरुपमा अमेरिकन रेन्बो ट्राउट माछा पाल्न थालेका छन् । तसर्पु गाविसमन किसान शंकर यस व्यावसायबाट मनग्य आम्दानी गरिरहेका छन् । केहि बर्ष पहिलेसम्म जापानीज रेन्बो ट्राउट माछा पाल्दै आएका तामाङले बजारमा यसको माग कम हुन थालेपछि अमेरिकन रेन्बो ट्राउट पाल्न सुरु गरेको बताउ छन् । उनी भन्छन्, अरु ठाउँमा र अरु जिल्लामा पनि जापानीज ट्राउटको व्यावसायिक उत्पादन हुन थाल्यो, बजारमा बेच्नका लागि समस्या पर्न थाल्यो, बजारमा बेच्नका लागि समस्या पर्न थाल्यो, माछाका पारखीलाई पनि फरक स्वाद दिन र हरुको भन्दा फरक व्यवसाय गर्न अमेरिकन जातको माछा पाल्नु थालेको हुँ । अमेरिकन जातको रेन्बो ट्राउट माछा झट्ट हेर्दा जापानीज रेन्बो ट्राउट जस्तै देखिने र एउटै हावा पानीमा उत्पादन हुने भए पनि खाँदा स्वादमा धेरै फरक हुने तामाङले बताए । सुरुमा दुईवटा पोखरीबाट व्यावसाय थालेका तामाङले रेन्बो ट्राउट माछा पाल्नकै लागि तीन करोडभन्दा बढीइ लगानी गरिसकेका छन् । गत बर्षको तुलनामा यस बर्ष खासै नपाmा कमाउन नसके पनि माछा पालनमा घाटा भने नहुने उनले बताए । उनले भने, गत बर्ष पोखरीमा भएका माछा दशैँ अगावै सकिएको थियो, यस बर्ष भुकम्पको असरले पनि हाला पोखरीमा खान योग्य भएका माछा धेरै छन् । हाल १६ वटा पोखरीमा व्यावसायिक हमेरीकन रेन्बो ट्राउट माछा पालन गरिरहेका तामाङले अन्य पाँच जनालाई रोजगारी दिएका छन् । माछाको उत्पादन बढ्दै गएकाले आगाम िदिनमा बजार राम्रो भयो भने वार्षिक २५ देखि ३० टनसम्म माछा उत्पादन गर्ने उनको लक्ष्य छ । चिसो पानीमा हुने ट्राउट प्रजातीको माछाको बजार भाउ अहिले राम्रै छ । जिल्ला कृषि विकास कार्यलय धादिङले माछामा अनुदान दिन थालेसँगै धादिङ जिल्लामा माछा पाल्ने किसानको संख्या बढ्न थालेको छ । माछा पाल्न चाहने किसानका लागि प्रतिरोपनी १० हजार रुपैँया अनुदान दिने गरेको जिल्ला कृषि विकास कार्यलय धादिङका कृषि प्रसार अधिकृत दुर्गादत्त पन्थीले बताए ।