सुन्तला उत्पादन बढाउन गोरखामा विशेष योजना

917 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

suntalaधादिङ मंङ्सिर २९ -जिल्ला कृषि विकास कार्यालयले सुन्तला, तरकारी र मकै खेतीलाई प्राथमिकतामा राखेर उत्पादन बढाउने कार्यक्रम ल्याएको छ । सुन्तलाको बगँैंचा व्यवस्थापन गरी उत्पादन बढाउने, मस्र्याङ्र्दी, दराँैंदी र बूढीगण्डकी नदी कोरिडोरमा व्यावसायिक तरकारी उत्पादन गरी किसानको आयआर्जनमा वृद्धि गर्दै मकैखेतीलाई प्राथमिकता दिने कार्यालयले योजना बनाएको हो । सुन्तलाको पकेटक्षेत्रमै बर्सेनि बोट मर्दै गएपछि किसानलाई प्राविधिक सल्लाहका साथै बगैँंचा सुधारका लागि अनुदान सहयोग गर्दै आएको छ । जिल्लाका ताङ्लीचोक, मकैसिङ, मनकामना, घैरुङ, ताक्लुङ क्षेत्र सुन्तला उत्पादनको पकेटक्षेत्र हुन् । “बोट सुक्दै गएपछि बगैंँचा सुधार कार्यक्रम ल्याएका छौँ” वरिष्ठ कृषि विकास अधिकृत तीर्थकुमार श्रेष्ठले भन्नुभयो । प्राविधिकले सुन्तलामा लागेको रोग पत्ता लगाउन नसेको किसानको आरोप छ । किसान र प्राविधिकबीचको समन्वयमा गत वर्ष सुन्तलाको बगैँंचा व्यवस्थापनमा रु १९ लाख खर्च भएको थियो । टुप्पोबाट बोट सुक्दै जाने र पात पहेँंलो हुँदै गएका कारण सुन्तलाका बिरुवा मर्न थालेका किसान डिलबहादुर थापाले बताउनुभयो । “पुराना बोट मर्दै गएपछि नयाँ बिरुवा रोप्ने तयारी गरेका छौँं” उहाँले भन्नुभयो । सुन्तला बिक्री गरेर रु ६ लाखसम्म आम्दानी लिएका किसानले यसवर्ष बगैँंचा फाँडेका छन् । यस्तै ताङ्लीचोक, भूम्लिचोक र घ्याल्चोक, बुङ्कोट, गोरखा नगरपालिकाको छेपेटार क्षेत्र, भूसुण्डे, दराँैंदी, सिर्दी, लुदीलगायत क्षेत्रमा व्यावसायिक तरकारी उत्पादन कार्यक्रम लागू गरिएको कार्यालयका योजना अधिकृत कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । “जिल्लामा तरकारीको माग यतैको उत्पादनले धान्नुपर्छ” उहाँले भन्नुभयो । त्यस्तै उन्नत्जातको मकैको बीउ छनोट गरेर किसानलाई बीउ अनुदानमा दिने कार्यक्रम समेत तय गरिएको कार्यालयले जनाएको छ । फुजेल, घ्याल्चोक, दर्वुङ्, दराँैंदीफाँट, पालुङटार, च्याङ्लीलगायत क्षेत्रमा मकैको उत्पादन गर्ने तयारी गरिएको छ ।