चिसो बढेसँगै धादिङका भुकम्प पीडितहरु प्रभावित, आगो तापेर रात कटाउदै

1093 पटक पढिएको

सम्पादक: Dhading News

aago धादिङ पुस २  – चिसो बढेसँगै धादिङका विस्थापित शिविरमा भुकम्प पीडितहरु समस्यामा परेका छन् । पुस लागेसँगै चिसो एक्कासी बढेपछि शिविरमा बसेका भुकम्प पीडितहरुको दैनीकी कष्टकर बन्दै गईरहेको छ । न्यानो कपडाको अभावको कारण उनीहरु रातभरी निदाउन समेत पाएका छैनन् ।  अहिले रात भरी आगो तापेर बस्न बाध्य बनेका छन् ।

त्रिपाल मुनी चिसो आउने र सुत्नका लागी ओढ्ने ओछ्याउने पनि पर्याप्त मात्रामा नहुदा उनिहरुलाई चिसोका कारण ठुलो समस्या परेको हो ।    भुकम्पका कारण धादिङका विभिन्नस्थानबाट विस्थापित भई सदरमुकाम आसपासका शिविरहरुमा बस्दै आएका उनिहरुलाई सरकारले जतिसक्दो चाडो उचित बसको ब्यवस्था गरिदिन माग समेत गरेका छन् ।   सरकारले जोडोका लागी न्यानो कपडा वितरण गर्ने भनी कार्यक्रम ल्याउन लागेको भए पनि मध्य जाडो सुरु भई सक्दा समेत कार्यक्रम भने सुरु नभएको भन्दै विस्थापीतहरुले आक्रोस समेत पोखेका छन् ।

चिसोका कारण विषेस गरी बालवालीकाहरु र बृद्ध–बृद्धाहरु विरामी समेत पर्न थालेका छन् । कुनै शिविरमा बस्नेहरुसंग त  खानेकुरा समेत सकिएको छ ।

धेरै जासो बालवालीकाहरुलाई चिसोले गर्दा  रुघाखोकी ज्वरोको समस्या आएको छ भने  कतिपयलाई निमोनीया समेत भएको छ भने बृद्ध–बृद्धाहरुमा छातीको समस्या आउन थालेको छ । १३ सय भन्दा बढी घरपरीवारका नागरिकहरु अहिले पनि अस्थाई शिविरमा बसीरहेका छन् ।