मैत्रीपूर्ण फुटबलमा नेपाल बंगलादेशसँग पराजित

625 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

पुस ३ धादिङ – मैत्रीपूर्ण फुटबलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । साफ च्याम्पियनसिप फुटबलको तयारीका लागि खेलिएको मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग १–० ले पराजित भएको हो । बंगलादेशका लागि खेलको १८ औ मिनेटमा सखावत रुनीले गरेको गोल नै निर्णायक भयो ।

पुस ८ देखि १९ गतेसम्म भारतमा हुने साफ च्याम्पियनसिप खेल्नु अघि दुवै टीमले मैत्रीपुर्ण खेल खेलेका हुन् । दक्षिण एसियाका सात देश सहभागी रहेको साफ च्याम्पियनसिपमा समुह ए मा रहेको नेपालले पहिलो खेलमा पुस ८ गते श्रीलंका र पुस १२ गते भारतसँग खेल्नेछ ।