नाकामा धर्नासहित आन्दोलन सशक्त बनाउने मधेसी मोर्चाको निर्णय

405 पटक पढिएको

सम्पादक: Dhading News

पुस ३ धादिङ -मधेसी मोर्चाले संविधान संशोधनका विषयमा सरकारसाग कुरा नमिलेपछि आन्दोलन सशक्त बनाउने र शीर्षनेताहरुले काठमाडौं छाड्ने निर्णय गरेको छ ।

तराई मधेसमा आन्दोलन सुरु भएको १२५ औं दिन बिहीबार बसेको मोर्चाको बैठकमा अहिलेसम्मको आन्दोलनको समीक्षा समेत भएको छ ।

तमलोपा कार्यालय बिजुलीबजारमा बसेको बैठकले सीमा नाकामा धर्नासहितको आन्दोलन यथावत राख्ने निर्णय गरेको छ । सबै जिल्लामा आमसभा, लाठी जुलुस प्रदर्शनलगायतका कार्यक्रम समेत घोषणा गर्ने मधेसी मोर्चाको तयारी छ ।

शुक्रबार बैठक बसेर कार्यक्रमलाई अन्तिम रुप दिने र २ बजे पत्रकार सम्मेलन गरिने सदभावना पार्टीका महासचिव मनिष सुमनले जानकारी दिए ।