प्रवासी नेपाली मंच कोलोराडो च्याप्टर गठन

1535 पटक पढिएको

प्रकाशित मिति: २०७२, १८ माघ सोमबार २२:०३

सम्पादक: धादिङ न्यूज

 

 

नातिबाबु भट्ट
जनवरी ३१, २०१६
कोलोराडो, अमेरीका
DSC_0063प्रवासी नेपाली मंच कोलोराडो राज्यको भेला आईतबार एक समारोह बिच सम्पन्न भयो ।
प्रवासी नेपाली मंच केन्द्रिय कोषाध्यक्ष शंकर पंन्थको प्रमुख अतिथ्यतामा सम्पन्न भेलाले जगत श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा १५ सदस्सिय कोलोराडो च्पाप्टर गठन गरि भेला सम्पन्न भएको हो ।
कोलोराडोको बोल्डर स्थित काठमाण्डौ रेष्टुरेण्टमा सम्पन्न भेलाको उद्धँटन सत्रलाई उपस्थित अतिथीहरुले शुभकामना मन्तब्य दिएका थिए । यसरी शुुभकामना दिनेहरुमा केन्द्रिय अध्यक्ष संजय थापाले टेलिफोन मार्फत, केन्द्रिय कोषाध्यक्ष शंकर पंन्थ, अनुशासन समितीका संयोजक जनक राना, सचिवालय सदस्य एवं क्षेत्रीय संयोजक गोकर्ण दाहाल, नेपाली घरका अध्यक्ष योगराज गौतम, रकि माउन्टेड फ्रेण्डस् अफ नेपालका महासचिव विनोद त्रिपाठी, नारायण श्रेष्ठ लगायतका रहेका थिए ।
ज्ञात अज्ञात सहिदहरुको संझनामा एक मिनेट मौनधारण पछि राष्ट्रियगान गाएर सुरु गरिएको कार्यक्रमको संचालन तिर्थ बर्माले गरेका थिए भने सभापतित्व दिपक बस्न्यातले गरेका थिए । उद्धाटन सत्रको अन्यमा रमेश गुरुङले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।
उद्धाटन सत्र पछि बन्द सत्र सञ्चालन गर्न गोकर्ण दाहालको संयोजकत्वमा ५ सदस्सिय निर्वाचन कमिटी गठन गरिएको थियो । यसरी सम्पन्न बन्द सत्रले जगत श्रेष्ठको अध्यक्षतामा १५ सदस्सिय कोलोराडो च्याप्टर गठन गर्ने सर्वसम्मत निर्णय गरेको हो । यसरी निर्विरोध निर्वाचित हुने पदाधिकारीहरुमा उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमश दिनेश श्रेष्ठ, उपेन्द्र कार्की र पुर्ण श्रेष्ठ रहेका छन् । त्यस्तै अन्य सदस्यहरुमा कृष्ण घिमीरे, दिनेश कार्की, भुवन श्रेष्ठ, महेश बुढाथोकी, शरद श्रेष्ठ, शान्ति बर्मा, भरत कार्की, आङफुरा शेर्पा, तोयानाथ सापकोटा, किरण डांगी रहेका छन् । बांकि एक सदस्य भने पछि पूर्ण बैठकले तोक्नेगरि खाली राखिएको छ ।
यस अघि अमेरिकाको १२ राज्यमा च्याप्टर गठन भई सकेको यस प्रवासी नेपाली मंचको दोश्रो अधिवेशन आगामी जुलाईमा बाल्टिमेरमा हुने जानकारी गराईएको थियो । कार्यक्रमको अन्त्यममा निर्वाचन कमिटीका संयोजक गोकर्ण दाहालले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ खुवाई खादा ओडाएर स्वागत गरेका थिए ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७२, १८ माघ सोमबार २२:०३ मा प्रकाशित