यस्ता पनि आमा छोरा ‘जो लोग्ने स्वास्नी बन्न खोज्दैछन ‘

9279 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

image अमेरिकाको मिचीगन भन्ने ठाउँमा बस्ने व्रिटिस नागरिक आमा किम वेष्ट र छोरा वेन फोर्डको इच्छा आपसमा विवाह गरेर लोग्ने स्वास्नी बन्ने र बच्चा जन्माउने छ । तर उनीहरुले त्यसो गरे हाडनाताको करणी सम्बन्धि तेश्रो डिग्रिको अपराध घोषित गर्दछ र १५ वर्षसम्म जेल बस्न पर्ने हुन्छ ।
जैविक सम्बन्धमा रहेका आमा छोराले द न्यु डेलाई हिजो अन्तरवार्ता दिंदै किमले भनिन म मेरो छोरा डने फोर्डसँग लभ गर्दछु र उसबाट बच्चा जन्माउन चाहान्छु । उनले हाडनाता करणी र वर्तमान कानूनले सजाय गर्ने कुराको पनि प्रतिबाद गरिन । बाईलोजिकल साईन्सका हिसाबले उनको दावी थियो एक पुरुष र अर्को स्त्रिको बीचको स्वतन्त्र ईच्छामा सृजित सम्बन्ध न्यायीक छ हामी बच्चा पाउन चाहान्छौ । अहिले किमको उमेर ५१ र बेन फोर्डको उमेर ३२ वर्ष छ । उनले भनिन यो हाडनाता पनि हैन र अनाचारण पनि गरिएको छैन । यो एकान्तता, एक्लोपन र मानासिक भावना भएको जेनेटिक आर्कषणको परिणाम हो ।
किमले अन्तरवार्तामा भनेकी छन हामी एउटा टमाटरको बोटमा फलेका दुई अलग फल हौ । हामी एउटै हुने हो ।  पश्चिमा समाजमा यौन सम्बन्धलाई पूर्वीय दर्शन र सँस्कृति जस्तो कडा र अनुसाशित रुपमा प्रयोग गर्न बाध्यात्मक बनाइएको छैन । जहाँ पारिवारिक यौन सम्बन्धका कथाहरु सुनिरहन पाइन्छ । तर आमा र छोरा बीचमा हुने यस्तो सम्बन्धको घट्ना भने खासै पाइदैन । यस अघि सन १९८० को दशकमा बारबारा र उनको छोरा गोन्यो बीचको यस्तै एक घट्ना सार्वजनिक भएको थियो ।
हिजो दिनभरी ठुला राष्ट्रहरुका मिडियामा यो समाचारले राम्रै ठाउँ पायो । ट्वीटर र फेसबुक जस्ता सामाजिक संञ्जालहरुमा पनि खुबै चर्चा चले । कसैकसैले उनीहरुको ईच्छाको कदर गर्न भनेका छन कसैकसैले अपराध भने । केहीको सुझाव थियो मनोवैज्ञानिक उपचार गर्न । घृणा हैन किम वेष्ट र बेन फोर्डलाई मद्दत गर भन्ने केहीको सुझाव थियो ।डेलिमेल युकेबाट