गुटरेस राष्ट्रसङ्घको नयाँ महासचिव

639 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सन् २०१७ को जनवरी १ देखि नेतृत्व सम्हाल्ने, भूटानी शरणार्थी मामिलाका जानकार

13102016091404antonio-guterres-1000x0आश्विन २७, २०७३- संयुक्त राष्ट्रसंघको नयाँ महासचिवमा पोर्चुगलका पूर्वप्रधानमन्त्री एन्टोनियो गुटरेसको औपचारिक रुपमा चयन भएका छन् । बिहीबार बसेको राष्ट्रसंघिय महासभाको बैठकले उनको नाम चयन गरेको हो । उनी राष्ट्रसंघका नवौ महासचिवको रुपमा चयन भएका छन् यो खबर धादिङ न्यूजका लागि इकान्तिपुरबाट लिईएको हो ।

गुटरेसले १ जनवरी २०१७ मा आफ्नो कार्यकाल सम्हाल्ने छन् । उनको कार्यकाल २०२१ को अन्त्यसम्म रहनेछ । बिहीबार राष्ट्रसंघमा आबद्ध १ सय ९३ देशका प्रतिनिधिहरु सम्मिलित सभाले महासचिवका लागि गुटरेसलाई चयन गरेको जनाइएको छ । १५ सदस्यीय सुरक्षा परिषद्ले यसअघि नै गुटरेसलाई नियुक्त गर्नेबारे टुंगो लगाइसकेको थियो ।

राष्ट्रसंघको महासभाका अध्यक्ष पिटर थामसनले गत मंगलबार नै सबैलाई पत्राचार गरेर बिहीबार राष्ट्रसंघको महासचिवको घोषणा हुने जानकारी गराएका थिए । वर्तमान महासचिव बान की मुनको अवधि सन् २०१६ को अन्त्यसँगै सकिनेछ ।

राष्ट्रसंघको सबै भन्दा बढी राजनीतिक समन्वय हुने निकायमा १० बर्ष विताएका उनी सन् १९९५ देखि २००२ सम्म पोर्चुगलका प्रधानमन्त्रीसमेत थिए । सोसलिस्ट इन्टरनेसनलको अध्यक्ष समेत रहेका उनले नेपालको भ्रमण समेत गरेका थिए । उनी अध्यक्ष रहँदा उक्त सोसलिस्ट इन्टरनेसनलमा कांग्रेस सभापति शेरबहादुर देउवा उपाध्यक्ष थिए ।

भूटानी शरणार्थी समस्या समाधान गर्नका लागि उनले नेपालमा आएर सार्वजनिक मञ्चमै धारणामात्रै राखेका थिएनन्, नेपाललाई कूटनीतिक दबाब दिएका थिए । उनी २००५ देखि २०१५ सम्म संयुक्त राष्ट्रसंघको शरणार्थी मामिला सम्वन्त्री उच्चायुक्तको मुख्यालयमा प्रमुखको रुपमा रहेका थिए । उच्चायुक्त हुँदा विश्व देखेको र समस्यालाई समेत बुझेको हुनाले उनको राष्ट्रसंघीय महासचिवको कार्यकाल पनि सफल रहने बताइएको छ ।

उनले १३ प्रतिस्पर्धीलाई पछि पार्दै महासचिव बन्न सफल भएका हुन् । महिला महासचिव बन्ने भन्ने निकै चर्चा चलेको अवस्थामा उनले ७ महिला र ५ पुरुष प्रतिसपर्धीलाई पछि पार्दै राष्ट्रसंघको उपल्लो पदमा पुगेका हुन् । उनलाई सुरक्षा परिषदका पाँच स्थायी र १० अस्थायी सदस्यमध्ये १३ ले पक्षमा दुईले तटस्थ भोट दिएर सुरक्षा परिषदमा अनुमोदन भएका थिए । उनी विभिन्न टेलिभिजन डिवेटमा समेत अन्य प्रतिस्पर्धी भन्दा अग्रस्थानमा देखिएका थिए ।