पैसा कमाउनुपर्छ भन्दै १२ वर्षको उमेरमा आमाले ग्राहकको जिम्मा लगाइन्

598 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

एजेन्सीः सोनलले तीन कक्षा भन्दामाथि पढ्न पाइनन् । १२ वर्षकै उमेरमा आमाले पैसा कमाउनुपर्छ भन्दै ग्राहकलाई जिम्मा लगाएपछि उनका कालादिन सुरुभए । यो कथा भारतको गुजरातको बडिया गाउँको हो । भारतको उक्त गाउँमा परम्परादेखि नै छोरीलाई वेश्यावृत्ति गर्न खुलेआम आमाले नै पठाउँछन्।

उक्त गाउँमा जब छोरी जन्मिन्छे तब तब खुशीयाली मनाइन्छ । खुशीयाली मनाइनिुको रहस्य छोरीलाई वेश्यावृत्ति गर्न पाइन्छ भन्ने नै हो । छोरीलाई वेश्यावृत्ति गर्न पठाएर मासिक रुपमा आएको पैसाले व्यवहार चलाउँछन्। १२ वर्षकै उमेरमा आमाले ग्राहकको जिम्मा लगाएकी सोनल नामकी किशोरी अहिले २० वर्षकी भइन् ।

परिवारले जिम्मा लगाएको ग्राहकबाट उम्किन सफल सोनलले बिबिसी सँग बाल्यकालमै ग्राहकको सन्तुष्टिका लागि कष्टप्रद जीवन जिउनुपरेको पीडा व्यक्त गरेकी छिन् । बिबिसीसँग कुरागर्दै सोनलले भनेकी छिन्, ‘जब मलाई पहिलो पटक कुनै ग्राहकसँग पठाइएको थियो, त्यतिबेला म १२ बर्षकी थिएँ । त्यसक्रममा मलाई केहि थाहा थिएन कि के गर्नुपर्ने थियो । यति थाहा थियो कि आमाले गरेको जस्तै गर्नुपर्छ ।’

सोनल मात्र होइन उनका गाउँका सबै बालिका यसरी नै बाल्यकादेखि बेश्यावृत्तिमा सहभागी हुने गरेको उनले खुलासा गरेकी छिन् । सोनललाई उनका पिता को हुन थाहै छैन । सोनललाई मात्र होइन उनकी आमालाई समेत सोनलका पिता बारे केही थाहा छैन ।

सोनलले भनेकी छिन्, ‘मेरो जन्म यस्तो घरमा भयो कि जहाँ मेरी आमालाई थाहै छैन कि मेरा पिता को हुन् ? किनकि आमाको सम्बन्ध धेरै पुरुषसँग थियो ।’

सोनल आमाले बुझाएको ग्राहकबाट उम्किन सफल हुनुको रहस्य पनि कल्पनाभन्दा माथिको छ । अर्को ग्राहक जसको नाम अनिल थियो । सोनलले त्यही ग्राहकसँग प्रेम गरिन् । अनिल परिवारलाई पैसा बुझाएर सोनलसँग शारीरिक सम्बन्ध रााख्ने गथ्र्यो । त्यही बीचमा अनिल भन्दा बढी पैसा दिने ग्राहक आएपछि सोनललाई अनिलसँग छुटाउनका लागि उनको परिवारले ठूलो प्रयास गर्यो । तर, याो सब थाहापाएपछि सोनल अनिलसँगै भागेर भारतको अहमदावाद पुगिन् ।

अनिलसँग अहमदावाद पुगेपछि उहीसँग विवाह गरेको बताउदै सोनलले भनेकी छिन्, ‘त्यसपछि हामीले कोर्टमा विवाह गर्‍यौं । मेरो यो कदमपछि गाउँमा ठूलो होहल्ला भयो । परिवारले चाहेको थियो कि म घर फर्किउँ किनकि मेरो यही धन्दाले परिवार चल्थ्यो ।’

त्यो गाउँबाट प्रेम विवाह गर्ने सोनल पहिलो युवती हुन् । तर, सोनलले जो सँग कोर्टमा विवाह गरिन उसले सोनलसँग दोस्रो विवाह गरेको रहेछ । सोनल अनिलसँग दोस्री श्रीमती भएर बस्न चाहिनन् । अनिलकी पहिलो श्रीमती छुट्टै बसेपनि अनिलसँग सम्बन्ध विच्छेद गरेकी थिइनन् । त्यसैले सोनलले अनिलबाट टाढा हुने सोच बनाइन् ।

त्यही बीचमा सोनलको एक सामाजिक संस्थामा कार्यरत मित्तल पटेलसँग भेट भयो । मित्तलले सोनलजस्तै थुप्रै किशोरीलाई उद्धार गरेका रहेछन् । मित्तलकै सहयोगमा ब्युटी पार्लरमा काम गरिरहेकी सोनलले यो सबै घटना विवरण उनको ब्युटी पार्लरमै बसेर सुनाएकी हुन् ।

सोनलको यो हृदयविदारक जीवनको कथा सार्वजनिक भएपछि पत्रकारकै सहयोगमा सोनलले त्यहाँको स्थानीय सरकार प्रमुखलाई पत्र लेखेपछि त्यहाँको गृहमन्त्रालयले उनको सुरक्षा जिम्मा लिएको छ । सोनलले सरकारसँग उनको गाउँका कुनै पनि बालिका यस्तो धन्दामा संलग्न नभएको हेर्न चाहेको बताएकी छिन्।

सोनलले आफ्नो खुट्टामा आफैँ उभिएर स्वाभिमानी जीवन जिउनेसमेत बताएकी छिन् । उनले बिबिसीसँग भनेकी छिन्, ‘म आफ्नो खुट्टामा जब आफैं उभिने छु, तब त्यस्ता केटीलाई पनि सहयोग गर्नेछु ।’
बिबिसी हिन्दीबाट