अमेरिकी इतिहासमा कसरी उदाए नयाँ राष्ट्रपति डोनाल्ट ट्रंप

1522 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

donald-trump-5822d1f8464483-27925733शक्तिशाली देश अमेरिकाले नयाँ राष्ट्रपति पाउंदा संसारभर हलचल शुरु भएको छ । परिणाम आउनु १२ घण्टा अघि सम्म पनि हिलारीले राष्ट्रपति जित्ने निश्चित भईसकेको दावी गर्ने अमेरिकी संचार माध्यम,त्यहाँको स्वतन्त्र मत सर्भेक्षक र अन्य राजनैतिक बिश्लेषकहरु यति बेला आफ्नो अडकल गलत सावित भएकोमा निराश देखिन्छन । एउटा देशको राष्ट्रपति निर्वाचन हुंदा संसारभर तरंग आउनुमा अमेरिकाको बढ्दो प्रभाव,विश्व आतंकवाद, अमेरिकी अर्थतन्त्र, विदेश निति,आप्रवासीहरुलाई हेर्ने दृष्टिकोण लगायतका मुद्धाहरु नै हुन । धेरैको अडकललाई फेल खुवाउंदै नयाँ राष्ट्रपति बन्न सफल डोनाल्ड ट्रम्फ को हुन त ? उनको उदय कसरी भयो ? यस बिषयमा अहिले सबैको चासो बढ्दै गएको छ ।मेरिका जस्तो शक्तिशाली मुलुकले महिलालाई राष्ट्रपति स्विकार गर्न नसकेकै हो त यो पनि अहिले चर्चाको बिषय बनेको छ ।  आंफै आप्रवासी अमेरिकी भएपनि पछिल्लो समय अमेरिकामा बढ्दै गएको आप्रवासीहरुको प्रभावलाई कम गर्न उनले ल्याएका केही महत्वाकांक्षी योजनाहरुले अमेरिकीहरु ट्रम्पको पक्षमा लागेको हुन सक्ने अडकलवाजी गर्न थालिएको छ ।

 

 डोनाल्ट ट्रंपले आठ बर्षपछि डेमोक्रेटको हातबाट ह्वाइटहाउसलाई  रिपब्लिकनको हातमा सारेका छन् । ट्रम्पले आफ्नो प्रतिद्वन्द्वी डेमोक्रेटिक हिलरी क्लिन्टनलाई पछि पार्दै  विजयी भएका हुन् ।  ट्रम्पले राष्ट्रपतिका लागि आवाश्यक पर्ने २७० मत पार गरिसकेका छन् ।  हालसम्मको मतगणना अनुसार २८८ मत ट्रपको छ  । उनकी प्रतिद्धन्दीले  २१८ मत ल्याएकी छिन् । यसैबिचमा मतगणना भने जारी छ ।

कतिपयले यदि डोनाल्ट ट्रप अमेरीकी राष्ट्रपति बने भने इतिहासकै  खराब राष्ट्रपति  कहलिनेछन् भनिरहेकै बेला  रिपब्लिकन पार्टीका डोनाल्टले अपेक्षित आँकलनलाई उल्ट्याउदै  अनपेक्षित नतिजा हासिल गरेका छन् ।

यस्तो छ ट्रपको इतिहास 

डोनाल्ट ट्रंपको जन्म १९४६  जुन १४ मा न्यूयोर्कमा भएको हो । रियल स्टेट वयवसाइका छोरा ट्रप  आफु पनि व्यवसायी बने । युनिभर्सिटी अफ पेन्सलभेनियाबाट सन् १९६८ मा स्नातक गरेका ट्रम्पको कूल सम्पत्ति अनुमानित नौ अर्ब डलर छ। रियलस्टेट व्यवसायी, टेलिभिजन व्यक्तित्व, लेखक र राजनीतिज्ञका रुपमा उनी परिचित छन्। कलेज पढ्दैदेखि आफ्नो बाबुको रियलस्टेट व्यवसायमा उनी संलग्न थिए। सन् १९७३ देखि परिवारको व्यवसायको जिम्मा उनले लिए, जसलाई उनले ‘ट्रम्प अर्गनाइजेसन’ नाम दिए।

ट्रम्पले होटेल, क्यासिनो, गल्फ कोर्सजस्ता व्यवसायमा हात हालेका छन् । अनेकौँ पटक उनका कम्पनीहरु टाट पनि पल्टिएका छन्। उनले सन् १९७७ मा इभाना जेलिन्कोभासँग विवाह गरे, जोसँगको सम्बन्ध १९९१ मा टुंगियो। उनीहरुका तीन छोराछोरी छन्, डोनाल्ड ट्रम्प जुनियर, इभान्का ट्रम्प र एरिक ट्रम्प । सन् १९९३ मा उनले अर्को विवाह गरे मार्ला मेपल्ससँग। उनीहरुको दाम्पत्य जीवन पनि सात वर्षमै समाप्त भयो। मार्लाबाट ट्रम्पकी एक छोरी जन्मिइन्, टिफानी ट्रम्प । मेलानिया नाउस ट्रम्पकी तेस्री श्रीमती हुन्। उनीहरुले सन् २००५ मा विवाह गरेका हुन्। उनीहरुको एउटा छोरा छन्, ब्यारोन ट्रम्प। उनकी छोरी इभान्का अहिले बुबाको चुनावी अभियानमा छिन्।
सन् २०११ म फोब्स सेलिब्रेटीका १०० को सुचीमा  उनको नाम पनि परेको थियो ।  ट्रंपका बुबा र हजुरबुबा हजुरआमा जर्मनी आप्रवासी थिए । उनका हजुरबुबा १८९२ मा अमेरीकी नागरीक बनेका थिए ।

ट्रंपको विश्लेषण गर्नेहरु यसो भन्छन् 

अमेरिकामा ट्रम्पको आगमनलाई धेरैले कट्टरपन्थको उदयका रुपमा व्याख्या गरेका छन्। उनलाई जातिवादी, नश्लवादी भन्नेहरु धेरै छन्। हिलारी क्लिन्टनले पनि उनलाई यहुदीविरोधी व्यक्तिका रुपमा आलोचना गर्दै आएकी छिन्। कमजोर, अल्पसंख्यक, अपांग आदिमाथिको उनको टिप्पणीले गर्दा उनी श्वेत, पुरुष, धनी र सपांग हुनुको उच्चताभाषले ग्रस्त भएको विश्लेषणहरु हुने गरेका छन्। युरोपेली युनियनबाट बेलायत बाहिरिनु, इस्लाम बहुल देशहरुमा अतिवाद हावी हुनु, भारतमा मोदीको उदय हुनु, तेस्रो विश्वका मुलुकमा अधिनायकको खोजी हुनु जस्ता कडीलाई अमेरिकामा ट्रम्पको उदयसँग जोडेर विश्वव्यापी रुपमा कट्टरपन्थको उदय हुन थालेको विश्लेषण गरिन्छ।
कतिपयले, ुसंसारभर लोकतन्त्रको पाठ पढाउदैँ हिँड्ने अमेरिकामा ट्रम्पजस्तो व्यक्तिको प्रशंसा र लोकप्रियता बढ्नुलाई अमेरिकी समाजको अधिनायकवादी मनोविज्ञानको अभिव्यक्ति भनेका छन्। ट्रम्प राष्ट्रपतिमा विजयी भए त्यो उदारवादी र लोकतन्त्र पक्षधरको हार हुने  विरोधीहरुको चेतावनी थियो ।