श्रीमदभागवद महापुराण एक साथ एक सय आठ दान

1494 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

टि एन गोपीकृष्ण अधिकारीद्धारा नेपालीमा स्वहस्त छायाँअनुवाद गरिएको श्रीमदभागवद महापुराण एक साथ एक सय आठ दान गरिएको छ ।

15036299_1212415595448386_5888722448433591048_nनिलकण्ठ नगरपालिका ४ जयन्तीडाडामा रहेको रक्षश्वर महादेवको प्राङगणमा एक कार्यक्रमको आयोजना गरि नेपालीमा स्वहस्त छायाँअनुवाद गरिएको श्रीमदभागवद महापुराण एक साथ एक सय आठ दान गरिएको हो । श्रीमदभागवद महापुराण सवैलाइ अध्यन गर्न सहजहोस भनि १३ वर्ष लगायर अनुवाद गरिएको सो पुस्तक आज विभिन्न सरकारी कार्यलयका कर्मचारी विशिष्ट व्यक्तित्वहरु तथा पार्टी प्रतिनिधीहरुलाई सो पुस्तक दान गरीएको छ ।
उक्त श्रीमद्भागवत कितावमा मुल छाया अनुवाद व्याख्या टिका र हिन्दी टिका रहेको छ ।
रक्षश्वर महादेवको मन्दीर परिसरमा डाँडाघरे अधिकारी परिवारले छायाँअनुवाद गरिएको श्रीमदभागवद महापुराण दान गर्न आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि धादिङ जिल्ला अदालतका न्यायधिस इस्वर राज आचार्य प्रमुख जिल्ला अधिकारी विश्व प्रकास सुवेदि लगायत विभिन्न राजनितिक दलका नेताहरुले श्रीमदभागवद महापुराणको छायाँअनुवाद हुनु प्रसंसनिय कुरा भएको भन्दै प्रशंसा गर्नु भएको थियो ।
15085705_1212415778781701_6864614839263400496_nअनुवादक टि एन गोपिकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि धादिङ जिल्ला अदालतका न्यायधिस इस्वर राज आचार्य प्रमुख जिल्ला अधिकारी विश्व प्रकास सुवेदि पार्टिका पार्टि प्रमुख तथा प्रतिनिधिहरु, कार्यालय प्रमुखहरु, सन्चारकर्मिलगायतको सहभागिता रहएको थियो ।