फुटबल टिमका प्रत्येक सदस्यलाई तीन–तीन लाख दिने सरकारको घोषणा

1166 पटक पढिएको

३० कार्तिक २०७३, मंगलवार २२:५६ सम्पादक: धादिङ न्यूज

afc-solidarity-cup-malaysia-2016-582b20ac50ce38-42927038

काठमाडौंः सरकारले एएफसी सोलिडारिटी कप विजेयता नेपाली फुटल टिमका सबै सदस्यलाई तीन–तीन लाख दिने घोषणा गरेको छ ।

एएफसी सोलिडारिटी कपको फाइनलमा विजयी नेपाली टिमका सबै सदस्यलाई प्रोत्साहन स्वरुप तीन–तीन लाख दिने घोषणा गरेको युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए । मन्त्री श्रीपालीले भने, ‘प्रोत्साहन स्वरुप प्रारम्भिक चरणमा सबै सदस्यलाई तीन–तीन लाख दिने घोषणा गरेका छौँ ।’

‘हाम्रा खेलाडीले अन्तर्राष्ट्रिय रुपमा ठूलो विजय हासिल गरेका छन्,’ मन्त्री श्रीपालीले भने,‘यो विजयले हाम्रो सान र गरिमालाई उच्च बनाएको छ । नेपाल सरकारले विजयी खेलाडीलाई प्रतिव्यक्ति तीन लाख नगदले सम्मान गर्ने निर्णय गरेको छ ।’

मंगलबार दिउँसो मकाउलाई हराउँदै नेपालले एएफसी सोलिडारिटी कप फुटबलको उपाधि उचालेको हो

मलेसियाको कुचिङस्थित नेगेरी स्टेडियममा मंगलबार साँझ भएको खेलमा फिफा बरियतामा १० स्थान तल रहको मकाउलाई १–० गोल अन्तरले हराउँदै नेपालले उपाधि उचालेको हो।

योसँगै नेपालले अन्तर्राष्ट्रिय उपाधिमा ह्याट्रिक गरेको छ। नेपालका लागि खेलको ३० औं मिनेटमा सुजल श्रेष्ठले गरेको गोल नै निर्णायक बन्यो। भरत खबासले मिलाएको उत्कृष्ट पासमा सुजलले लोभलाग्दो हेडर गोल गरेका थिए।