शेयर बजारमा १२ करोड भन्दा बढी कित्ता शेयर आउँदै

1387 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

ipo-share-696x440काठमाडौं,- शेयर बजारमा केही महिना भित्रैमा १२  करोड भन्दा बढी कित्ता शेयर आउने भएको छ । बैंक, विकास बैंक, जलविद्युत तथा बीमा कम्पनीहरुको १२  करोड भन्दा बढी कित्ताको शेयर आउने भएको हो ।

नेपाल धितोपत्र बोर्डमा परेको आवेदनका अनुसार ९ जलविद्युत कम्पनी, ४ विकास बैंक, एक वाणिज्य बैंक र २ बीमा कम्पनीको उक्त संख्यामा शेयर आउन लागेको हो । यसमध्ये १३ कम्पनीको साधारण शेयर (आईपिओ ) आउन लागेको हो भने तीन कम्पनीको फर्दर पब्लिक अफरिङ (एफपिओ) शेयर आउने भएको हो ।

साधारण शेयर निष्काशनका लागि आवेदन दिएका ९ जलविद्युत कम्पनीमध्ये २ कम्पनी युनाईटेड मोदी हाइड्रो पावर लिमिटेड र सिनर्जि पावर डेभलपमेन्ट लिमिटेडले आम सर्वसाधारणका लागि शेयर जारी गर्न लागेका हुन भने बाँकी सात कम्पनीले स्थानीय जनताका लागि शेयर बिक्री गर्ने भएका हुन् ।

नौ जलविद्युत कम्पनी मध्ये नेपाल हाइड्रो डेभलपरले स्थानियको लागि शेयर निष्काशन लागि नेपाल धितोपत्र बोर्डको अनुमति पाईसकेको छ । कम्पनीले यही कात्तिक २ गते बोर्डबाट शेयर निष्काशनको अनुमति पाएको थियो, भने अन्य ८ कम्पनीले बोर्डबाट अनुमति पाएपछि शेयर निष्काशनको बाटो खुल्ने छ । बोर्डले अनुमति दिएको दुई महिनाभित्रमा शेयर निष्काशन गर्नुपर्ने नियम भएकोले स्थानियले कम्पनीको शेयरमा छिट्टै लगानी गर्न पाउँने छन् ।
जलविद्युत कम्पनीमा मात्रै ७३ करोड ३८ लाख ५६ हजार रुपैयाँ बराबरको ७३ लाख ३८ हजार ५६० कित्ता शेयर आउन लागेको हो ।

आईपिओ निष्काशनको लागि पाईपलाईनमा रहेका १३ कम्पनी मध्ये ९ वटा जलविद्युत कम्पनी छन् । पाईपलाइनमा बाँकी ४ लघुवित्त कम्पनीमा समता माईक्रोफाइनान्स, स्वदेशी लघुवित्त, माहुली सामुदायिक लघुवित्त र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स रहेको छन् । यी चार कम्पनीको ११ करोड १४ लाख ८० हजार रुपैयाँ बराबरको ११ लाख १४ हजार ८ सय कित्ता साधारण शेयर आउन लागेको हो ।

upcoming-share

त्यस्तै फर्दर पब्लिक अफरिङ एफपिओ निष्काशनको तयारीमा रहेका तीन कम्पनीमा एक एसबिआई बैंक लिमिटेड (Nepal SBI Bank Limited) रहेको छ । बैंक (SBI) ले ६७ हजार ७ सय ६७ कित्ता नयाँ साधारण शेयर निष्कासन (एफपिओ) गर्ने भएको छ । बैंकले ८८४ रुपैयाँ प्रिमियममा नयाँ शेयर निस्कासन गर्ने भएको छ । जसले गर्दा लगानीकर्ताहरुले १०० रुपैयाँ पार भ्यालुको शेयरलाई ९८४ रुपैयाँ प्रतिकित्ता तिर्नुपर्ने हुन्छ ।

बैंकले संस्थापक शेयरधनी र साधारण सेयरधनीको स्वामित्व ७०:३० कायम गर्न ६७ हजार ७ सय ६७ कित्ता एफपिओ जारी गर्न लागेको जानकारी दिएको छ ।

त्यस्तै नेपाल लाइफ इन्स्योरेन्स (Nepal life insurance co.ltd) ले करिब ३० लाख ९६ हजार ४२९ कित्ता थप नयाँ शेयर (NLIC) निष्कासन गर्देछ । कम्पनीले साधारण शेयर निश्काशनको लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

त्यस्तै गत वर्ष मात्रै ५ लाख भन्दा बढी कित्ता एफपिओ जारी गरिसकेको शिखर इस्योरेन्स ((Shikhar Insurance Co. Ltd.) ) ले फेरि १० प्रतिशत एफपीओ निष्कासन गर्ने भएको छ । हाल शिखर (SICL) मा ३० प्रतिशत सर्वसाधारणको हिस्सा रहेको छ । यो शेयरधनीको हिस्सा ४० प्रतिशत पुर्याउन १० प्रतिशत एफपीओ जारी गर्न लागिएको हो ।

६० प्रतिशत बोनस शेयर घोषणा गरेको कम्पनीले बोनसपछि कायम हुने पुँजीमा प्रिमियमा भाउमा १० प्रतिशत एफपीओ ल्याउन लागिएको हो । कम्पनीको मंसिर १५ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।