आयल निगमले फेरि बढायो ग्यासको भाउ

1350 पटक पढिएको

२८ फाल्गुन २०७३, शनिबार १२:३५ सम्पादक: धादिङ न्यूज

gas_886BUNpwHf काठमाडौं : नेपाल आयल निगमले ग्याँसको भाउ बढाएको छ। आयल निगमले ग्यासको भाउ प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको हो। अब ग्यासको भाउ प्रतिसिलिन्डर १३ सय ७५ पर्नेछ। यसअघि माघ २० गते आयल निगमले ग्यासको भाउ प्रतिसिलिन्डर १३ सय २५ बाट बढाएर  १३ सय ५० पुर्‍याएको थियो। आयल निगमले भारतबाटै ग्यासको भाउ बढेर आएकाले नेपालमा पनि बढाइएको प्रतिक्रिया दिएको छ। आयल निगमका प्रवक्ता सिताराम पोखरेलले आजैदेखि लागु हुनेगरी ग्यासको भाउ बढ्ने बताए।