निशा र शरद असारको दोश्रो हप्तासम्म लगन गाँठो कस्ने तयारीमा

1370 पटक पढिएको

सम्पादक: धादिङ न्यूज


Nisha-Adhikari-with-Sharad-Bheshwakar-2काठमाडौं -नेपाली मिडियालाई गुमराहमा राख्दै नायिका निशा अधिकारी र नेपाली क्रिकेटर शरद भेषवाकर बीचको प्रेम–रोमान्समा ब्रेकअप भएको होहल्ला केही समय अगाडि आएको थियो । यस हल्लासँगै मिडियाको अगाडि नै हात समाउँदै हलदेखि क्रिकेटका मैदानसम्ममा देखिने गरेको यो जोडी टाढिएको जस्तो देखिएको थियो ।  यसले गर्दा पनि निशा र शरदको ब्रेकअप भएकै हो भन्ने कुरामा सबै एकमत देखिएका थिए । ब्रेकअप भएको होहल्ला आएको दुई वर्षयता निशाले राजनीतिशास्त्रमा डिग्री गर्न सफलता प्राप्त गरेकी छन् ।

नेपाली राजनीतिलाई खासै मन नपराउने तथा राजनीति गर्ने सोच पनि नभएकी निशा होहल्ला भन्दा पर रहन पनि ब्रेकअप भएको हल्ला फिजाएर पढाई तिर व्यस्त भएको अनुमान लगाउनेहरूको पनि खासै कमी देखिदैन ।  यसो भए तापनि निशा र शरद बीचको दोस्तीमा कुनै कमी भने आएको होइन । दुवैबीच भित्रभित्रै पूर्ववत रूपमा दोस्ती कायमै रहेको र पहिलाजस्तो नियमित भेटघाट नभएको मात्र हो । दुवैबीच दैनिक जस्तो फोनवार्ता तथा च्याटिङ्ग हुने नै गरेको उनीहरू निकटवर्तीहरू नै भन्छन् । यसले गर्दा अझ उनीहरू बीचको सामिप्यता तथा सम्पर्क कडा रूपमा जमिएको पाइएको छ ।

अझ केही दिन अघि मात्र चितवनको भरतपुरमा नयाँ नेपाली चलचित्र पोखराकी कान्छीको शुटिङ्ग सेटमा निशालाई भेट्न शरद पुगेका थिए । कतिले त शरदकै सपोर्टमा निशाले झ्यानाकुंटी नामक चलचित्र निर्माण गरेको होहल्ला पनि आएको छ । जुन कुरा पुष्टि भने भएको छैन् । पछिल्लो खबरअनुसार लामो समयदेखि प्रेम–रोमान्सको तरंगमा तरंगिएका यी जोडी यो असारको दोश्रो हप्तासम्म लगन गाँठो कस्ने तयारीमा रहेको छ । दुबैको परिवार निशा र शरदलाई एक बनाउने कसरतमा रहेको भन्ने कुरा पनि प्रकाशमा आएको छ । तर, निशा र शरदले भने यसवारेमा मुख खोलेका छैनन् ।