किसान र गोठालाबीच झडप,१० को मृत्यु

680 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 nigeria-1-768x512नाइजेरियाको पूर्वी क्षेत्रमा केही दिनदेखि भइरहेको झडपका कारण कम्तीमा १० को मृत्यु भएको छ। किसान र गोठालाबीच भएका झडपहरुमा परी उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरुले सोमबार जानकारी दिएका छन्।

ताराबा राज्यको माम्बीला जिल्लामा पर्ने एक गाँउमा गत बिहीबारबाट सुरु भएको झडप हप्तान्तसम्म पनि जारी रह्यो। नाइजेरियाका मध्य र दक्षिणी क्षेत्रमा भएका झडपहरुको आशंका रुपमा माम्बीलामा झडप भएको र यसले सरकारलाई दबाव बढाएको बताइएको छ।

प्रदेश प्रहरीका प्रवक्ता डाभीड मिसालले भने, ‘किसान र गोठालाबीच माम्बीलामा भएको झडपमा परी दश जनाको मृत्यु भएको छ।’ उनले घटनास्थलमा सुरक्षा व्यवस्था कायम राख्न सुरक्षा कारबाही बढाइएको र उच्च सतर्कता अपनाइएको पनि जानकारी दिए।

नाइजेरियाका विभिन्न ठाँउमा लामो समय देखिभूमि र पानी अधिकारका विषयमा किसान र गोठालाकाबीचमा बिवाद हुदै आएको छ। झडपका क्रममा थुप्रै घरहरुमा समेत क्षति पुगेको प्रहरी प्रवक्ता मिसालले जानकारी दिए।

उनीहरुको आन्तरिक झगडाले उग्ररुप लिँदा यस्तो अवस्था आएको स्थानीयवासीको भनाइ छ। यस क्रममा कैयौँ चौपाया पनि मारिएका छन्।

– एजेन्सी