चोर्न पाउनुपर्ने भन्दै ट्यांकर चालक आन्दोलनमा

882 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

ट्यांकर मजदुरको आन्दोलनका कारण भारतको सिलिगुडीबाट प्रेटोलियम पदार्थ आयत नहुँदा झापा लगायत मेची पहाडी जिल्लामा तेल आपूर्तिमा समस्या भएको छ । बुधबारदेखि इन्धन ढुवानी गर्ने टयांकरमा तेल चोर्न नमिल्ने ‘लकिङ प्रणाली’ जडान गरीएपछि यसको विरोधमा टयांकर चालक आन्दोलित बनेका छन् । ट्यांकर चालक तथा सहचालकहरुले प्रणाली सुरु गर्नु एक दिन अघि मंगलबारदेखि ढुवानी अवरोध गरेका हुन् ।

ढुवानीमा अवरोध गर्दा पूर्वको झापा, इलाम, पाँचथर र चाप्लेजुङ जिल्लामा आपूर्ति बिथोलिएको निगमको चारआलीस्थित क्षेत्रीय शाखा कार्यालयले जनाएको छ ।

आपूर्ति रोकिंदा झापाका अधिकांश प्रेटोल पम्पहरु बन्द भएका छन् भने केहीले बाँकी रहेका प्रेटोलियम पदार्थ बिहीबार पनि बिक्री गर्दा ती पम्पहरुमा सवारीसाधनको भिंड लागेको थियो ।

चालकले प्रतिटयांकर एक सय लिटरसम्म इन्धन चोर्ने गरेको कारण लकिङ प्रणाली लागु गरेको र सोही कुरालाई आधार मानेर उनीहरुले अनावश्यक आन्दोलन गरेको आरोप निगमको अधिकारीहरुको रहेको छ ।

केही सीमित स्वार्थमा देखिएको असन्तुष्टिले जडान प्रक्रिया नरोकिने उनले बताए । झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले लकिङ प्रणाली निगम र व्यवसायीको हितमै रहेको बताउँदै आपूर्ति व्यवस्थामा अवरोध भए राज्य सहेर नबस्ने बताए ।

उनले आन्दोलनरत मजदुरलाई आन्दोलन रोकेर काममा फर्कन सुझाव समेत दिए । ‘जायज मागहरू निगम, डिलर एसोसिएसनले पनि पूरा गर्नुपर्छ,’ उनले भने, ‘ढुवानीमा अवरोध भए सरकारलाई सहय छैन । पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले व्यवसायीको साख जोगाउनकै लागि पनि प्रणाली जरुरी भएकाले मजदुरले अवरोध गर्नु भनेको उनीहरूकै अहितको काम भएको बताएका छन् ।

यता मजदुरहरु भने यस अघि २०७३ साल फागुनमा निगमसँग भएको १२ बुँदे माग पूरा नभए सम्म ट्यांकर नकुदाउने भन्दै बसेका छन् ।