गल्छी ६ मा अधिकारीको वंशावली खोजि गर्न समिति गठन

2355 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गल्छी गाउँपालिका वडा नम्बर ६ मा रहेका कश्यप गोत्रिय अधिकारीहरुको वंशावली खोजविनका लागि समितिको गठन गरिएको छ ।
शनिवार माझिलोसेमा सम्पन्न भएको भेलाले केशव अधिकारीको संयोजकत्वमा १३ सदस्यिय समितिको गठन गरिएको छ । समितिको सदस्य सचिवमा राजनप्रसाद अधिकारी र सदस्यहरुमा रामशरण अधिकारी, रामप्रसाद अधिकारी,कृष्णप्रसाद अधिकारी,भरत अधिकारी,बिष्णुप्रसाद अधिकारी,शिवप्रसाद अधिकारी,कृष्णप्रसाद अधिकारी,अर्जुनप्रसाद अधिकारी,धननाथ अधिकारी, नवराज अधिकारी रकेशवप्रसाद अधिकारी रहेका छन ।
भेलाले सल्लाहकार समितिको गठन गरेको छ । जस्को संयोजकमा बद्रिप्रसाद अधिकारी र सदस्यहरुमा सीताराम अधिकारी, गोवद्र्धन अधिकारी, धनप्रसाद अधिकारी र कृष्णप्रसाद अधिकारी रहेका छन ।