भुन्टी लिएर आए निशान भट्टराई (भिडियोसहित)

1524 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नेपाल आइडलको प्रथम सिजनमा आफ्नो उत्कृष्ट स्थान बनाउन सफल गायक निशान भट्टराईले आफ्नो नयाँ म्युजिक भिडियो ‘भुन्टि’ सार्वजनिक गरेका छन्। थुप्रै दर्शक श्रोताको मन जित्न सफल भएका भट्राइले आफ्ना फ्यानहरुका लागि म्युजिक भिडियो सार्वजनिक गरेको बताएका छन्। उक्त म्युजिक भिडियोमा निशान स्वयम् भुण्टेका रूपमा देखापरेका छन् भने नायिका तथा मोडेल एलिसा राई उनी संङ्गै देखिएकी छिन्।
लोक पप शैली तथा मिस्टर आरजेको उत्कृष्ट सङ्गीत एवं निशान स्वयंको जादुमयी स्वर तथा नृत्यले थुप्रैको मन जित्ने विश्वास गरिएको छ। उक्त म्युजिक भिडियोमा संङ्गितकार राजेन्द्र भट्ट ” आरजे” ले लेखन तथा संङ्गित भरेका छन्। भिडियोको लेखन तथा सम्पादन टेकेन्द्र शाहले गरेका हुन् भने छायाङ्कनमा रामकुमार के सी र भिडियोको निर्माण मनोज बस्नेतले गरेका छन्। उक्त भिडियोको बारेमा निशान भट्टराईका ईभेन्ट म्यानेजर रहेका डेभिड नेपालले जानकारी गराएका हुन् । उक्त गीत सार्वजनिक भएको केही दिनमै दर्शकमाझ निकै लोकप्रिय भएको छ ।