रोनाल्डोको ह्याट्रिक- पोर्चुगलले स्पेनलाई बराबरीमा रोक्यो  

889 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ । विश्वकपको समुह बि मा रहेका स्पेन र पोर्चुगल बराबरी खेलेका छन् ।

शुक्रबार राति भएको खेलमा दुवै देश ३-३ गोलको बराबरी खेलेका हुन् । यस खेलमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे भने स्पेनका लागि डिएगो कोष्टाले २ र नाचोले एक गोल गरेका थिए । विश्वकप छनौट चरणकै ठुलो भिडन्त रहेको यस खेलमा कुल ६ गोल भएको छ ।

निकै रोमान्चक खेलमा खेलको चौथो मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै रोनाल्डोले पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए । सुरुमै गोल खाएर दबाबमा आएको स्पेनले खेलको २४औ मिनेटमा गोल गर्दै स्पेनलाई खेलमा फर्काएका थिए । त्यसपछि खेलको ४४औ मिनेटमा रोनाल्डोले आफ्नो र पोर्चुगलको लागि दोस्रो गोल गर्दै पहिलो हाफमा पोर्चुगलले २-१ को अग्रता लिएको थियो ।

खेलको दोस्रो हाफमा स्पेन फेरी खेलम फर्कियो । कोष्टाले खेलको ५५औ मिनेटमा गोल गर्दै खेल २-२ को बराबरी गरेका थिए । त्यसको तीन मिनेटपछि नै स्पेनका लागि नाचोले गोल गर्दै स्पेनले ३-२ को अग्रता हासिल गरेको थियो । स्पेनको अग्रतालाई तोड्दै रोनाल्डोले खेलको ८८औ मिनेटमा फ्री-किक मार्फत गोल गर्दै आफ्नो ह्याट्रिक पनि पुरा गरे भने पोर्चुगललाई हारबाट जोगाउदै एक अंक पनि हासिल गर्न सफल भए ।

यससँगै रोनाल्डोले आफ्नो क्यारियरमा क्लब र देशको लागि गरि ५१औ ह्याट्रिक गरेका छन् । साथै रोनाल्डोको यो ह्याट्रिक विश्वकपको इतिहासमा ५१औ ह्याट्रिक हो । त्यस्तै रोनाल्डोले आफ्नो ४५औ प्रयासमा फ्री-किक मार्फत गोल गरेका छन् ।

यो बराबरी पछि समुह बि क पहिलो खेलपछि इरान ३ अंक सहित शिर्ष स्थानमा छ भने पोर्चुगल र स्पेन एक एक अंक सहित दोस्रो र तेस्रो स्थानमा रहेका छन् भने मोरक्को बिना कुनै अंक चौथो स्थानमा रहेको छ ।