विश्वकप दाबेदार अर्जेन्टिना क्रोएसियासँग ३ गोलले पराजित

1119 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

विश्वकपको दाबेदार अजेन्टिनाले समुहचरणको दोस्रो खेलमा लजास्पद हार बेहोरेको छ । योसँगै अर्जेन्टिना  समुहचरणबाट बाहिरिने संभावना बलियो देखिएको छ । अब उसले अर्को खेलमा भारी अन्तरले जित्नुपर्ने र अन्य टोलिको भिडन्तमा भर पर्नुपर्ने भएको छ ।उपाधि दाबेदार मानिएको लियोनल मेस्सीको टोली अर्जेन्टिनालार्इ लज्जास्पद हार चखाउँदै क्रोएशियाले विश्वकपको अन्तिम १६ मा स्थान बनाएको छ।

विश्वकपको दोस्रो खेलमा क्रोएशियाले अर्जेन्टिनालार्इ ३-० गोलअन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाउने चौथो टोली बनेको छ। पराजित भएसँगै अर्जेन्टिनाको अन्तिम १६ मा पुग्ने सम्भावना भने निकै कठिन बनेको छ।

अर्जेन्टिनालार्इ पराजित गर्न क्रोएशियाका लागि एन्टी रेबिक, लुका मोड्रिक र इभान रिकिटिकले गोल गरेका थिए।

५३ अौं मिनेटमा एन्टी रेबिकले कोएसियाका लागि सुरुवाती गोल गरेका थिए। अर्जेन्टिनी गोलकिपर विली काबालिरोको गल्तीको फाइदा उनले उठाएका थिए।

। काबालिरोले ब्याकपास पाएको बललार्इ प्रहार गर्ने क्रममा माथि उठ्दै नजिकै रहेका रेबिकका अघि खसेको थियो। लगत्तै रेबिकले काबालोरोको माथिबाट भली प्रहार गर्दै गोल गरे।८१अौं मिनेटमा लुका मोर्ड्रिकले क्रोयशियाका लागि दोस्रो गोल गरेका थिए। डी बक्सको बाहिर डिफेन्डरहरुले छेकिरहेको अवस्थामा पनि २५ यार्ड टाढाबाट उनले शशक्त प्रहार गर्दै बललार्इ जाली चुमाएका थिए। इन्जुरी समयमा इभान रिकिटिकले तेस्रो गोल गरेका थिए।

खेलमा भने दुबै टोलीले विभिन्न मौकाहरु गुमाएका थिए। पाँचौं मिनेटमा कोएशियाका इभान पेरिसिचले डी बक्स भित्रबाट प्रहार गरेको प्रहार अर्जेन्टिनाका गोलरक्षक विली काबालेरोले डाइभ गरेर बाहिर पठाइ दिएका थिए।

१२ औं लियोनल मेस्सीले म्याक्सिमिल्नो माजालार्इ मिलाइदिएको पासमा उनले प्रहार गरेको सट बाहिरिएको थियो। २६अौं मिनेटमा सर्जियो अग्युरोले बल अघि बढाए पनि डी बक्समा भएका मेस्सी भन्दा अघि पास दिएपछि मेस्सीले उक्त बल भेटाउन सकेका थिएनन्।

३१ अौं मिनेटमा अर्जेन्टिनाले अग्रता लिने ठूलो मौका गुमाएको थियो। क्रोएशियाका डेजेन लोभरेन आफ्ना गोलकिपर तर्फ बल दिन खोजेका थिए। तर, डोमागोजलार्इ लाग्दै बल अर्जेन्टिनाका इन्जो पेरिजकोमा गएको थियो।

६४अौं मिनेटमा अर्जेन्टिनाले बराबरी गोल फर्काउने मौका गुमाएको थियो। मेजाले गरेको प्रहार कोएशियाका गोलकिपर डानिजिल सेबाजिकलार्इ फर्किएको थियो। नजिकै भएका मेस्सीले प्रहार गर्न नपाउँदै क्रोएशियाका खेलाडीले बाहिर पठाइदिएका थिए।