गल्छीमा ज्योति विकास बैंकको शाखा संचालनमा

1214 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गल्छी – धादिङको गल्छीमा सोमबार देखि ज्योती विकास बैकले आफ्नो नयाँशाखा  संचालनमा ल्याएको छ ।

गल्छी गाउँपालिका वडा नं ७ गल्छी बजारमा रहेको उक्त शाखा औपचारिक रुपमा गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काद्वारा एक कार्यक्रमबीच असार ११ गतेका दिन संयुक्त रुपमा उद्घाटन गरिएको हो ।

उद्घाटन अवसरमा गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठले ज्योती विकास बैकले गल्छीमा शाखा खोलेकोमा खुशी व्यक्त गर्दै बैंकको प्रगतिको कामना गर्नु भएको थियो । । साथै बैंकका अध्यक्ष हरि चन्द्र खड्काले ज्योति विकास बैंकले आधुनिक बैकिङ्ग सेवा देशैभरी विस्तार गर्ने क्रममा रहेको र व्यवसायिक दृष्टिकोणले भविष्य बोकको गल्छीमा शाखा ल्याएको बताउनु भयो । । बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले साना लघु कर्जादेखि ठूला औद्योगिक कर्जा प्रवाह गरिने बताउन हुँदै ज्योति विकास बैंकको सेवा लिन आग्रह गर्नु भएको थियो ।

हाल बैंकले ५७ वटा शाखा कार्यालय तथा १८ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आइरहेको छ भने यसै आर्थिक वर्षभित्र थप ३ वटा नयाँ शाखा तथा थप ४ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढी खाताबाट रु. १६ अर्व २ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढी ऋणी मार्फत रु. १४ अर्व ६० करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ ।